close

जापानी भाषा परीक्षाको शूल्क खल्तीबाट अनलाइन तिर्न सकिने

टेकपाना टेकपाना

फागुन २२, २०७६ १६:४९

जापानी भाषा परीक्षाको शूल्क खल्तीबाट अनलाइन तिर्न सकिने

काठमाडौं । जापानी भाषा परीक्षा जेएलपीटीको आवेदन फर्म खुलेको छ । आगामी ५ जुलाईमा संचालन हुने परीक्षाको शूल्क अब खल्ती वालेटबाटै तिर्न सकिने भएको छ ।

खल्तीले अध्ययनका लागि जापान जान चाहने नेपाली विद्यार्थीहरुलाई भाषा सिकाउने र पढाउने शिक्षकहरुको संस्था जापानिज भाषा शिक्षक संगठन नेपाल जाल्टानसँग सहकार्य गरी परीक्षा शूल्क अनलाइनबाटै तिर्न सकिने बनाएको हो ।

लेभल एनवानदेखि एनफाइभ सम्मका फर्म मध्ये आफूलाई अनुकुल कुनै एक फर्म भर्न सकिनेछ । परीक्षा शूल्क (ग्रान्ट अमाउन्ट) तीन हजार रुपैयाँ लाग्ने बताइएको छ ।

जापान नेपाली युवाहरुको एक आकर्षक शैक्षिक गन्तव्य हो । हरेक वर्ष उच्च शिक्षाका लागि दशौं हजार विद्यार्थी जापान प्रस्थान गर्ने गरेका छन् । उच्च शिक्षाका लागि जापान जाने सबै विद्यार्थीले जापानी भाषा परीक्षा अनिवार्य रुपमा उत्तीर्ण गरेको हुनुपर्छ ।

विगतका वर्षहरुमा विद्यार्थीहरु परीक्षा शूल्क बुझाउन जाल्टानको कार्यालय भृकुटिमण्डपमा लाइन लाग्नुपर्ने थियो । यसै समस्यालाई मध्यनजर गर्दै खल्तीले अनलाइन भुक्तानी प्रणालीको व्यवस्था गरेको हो । अब परीक्षार्थीले अनलाइन फर्म गरिसकेपछी शूल्क भुक्तानी गर्ने ठाउँ देख्नेछन् । जहाँ आफ्नो खल्ती आईडी दाखिला गरी केहि सेकेन्डमै शूल्क भुक्तानी गर्न सकिनेछ ।

यसबाट परीक्षार्थीहरु लाभान्वीत हुने खल्तीका निर्देशक अमित अग्रवालको भनाई छ । उनले भने, ‘हामी जापानिज भाषा शिक्षक संगठन नेपालसँग सहकार्य गरी सबै जापानी भाषा परीक्षार्थीलाई खल्तीको सजिलो अनलाइन भुक्तानी सेवा प्रदान गर्न पाउँदा खुशी छौँ । अब परीक्षार्थीहरुले फर्म भरिसकेपछि आफ्नो खल्ती आईडी दाखिला गरेर सजिलै परीक्षा शूल्क तिर्न सक्नुहुन्छ । साथै, खल्ती प्रयोग नगर्ने व्यक्तिहरुले आफ्नो नजिकैको खल्ती पसलबाट समेत अनलाइन शूल्क बुझाउन सक्नुहुन्छ ।’

जापानी भाषा परीक्षा–जेएलपीटीको आवेदन फर्म वउित।यचन।लउ मार्फत भर्न सकिनेछ । साथै, फर्म भर्ने तरिका, ख्याल गर्नुपर्ने विवरणहरु र शूल्क तिर्ने सम्पूर्ण तरिकाहरु वेबसाइटबाटै प्राप्त गर्न सकिनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०