एनआईसी एसिया बैंकले होलीमा आफ्नो मोबाइल बैंकिङ एप प्रयोग गर्ने ग्राहकलाई आकर्षक क्यासब्याक दिने भएको छ । होली क्यासब्याक धमाका नामक अफरमा बैंकले २०० भाग्यशाली ग्राहकलाई शतप्रतिशत क्यासब्याक दिने भएको हो ।
फागुन २६ र २७ गते गरी दुई दिनसम्म जारी रहने यस योजनामा प्रत्येक दिन सय जनाले यस्तो अवसर प्राप्त गर्ने बैंकले जनाएको छ । जसअनुसार योजना अवधिभर दुई सय जना भाग्यशाली प्रयोगकर्ताले ५ हजार रुपैयाँसम्मको भुक्तानीमा शतप्रतिशत क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।