close

विश्वभरका एप्पल स्टोर बन्द, कोरोना विरुद्ध पौने २ अर्ब सहयोग

टेकपाना टेकपाना

चैत १, २०७६ १५:५१

विश्वभरका एप्पल स्टोर बन्द, कोरोना विरुद्ध पौने २ अर्ब सहयोग

काठमाडौं । एप्पलले चीनमा रहेका आफ्ना ४२ बाहेक अन्य सबै स्टोर बन्द गर्ने निर्णय गरेको छ । विश्वभर फैलिइरहेको कोरोनाभाइरसका कारण कम्पनीले यस्तो निर्णय लिएको हो ।

कम्पनीले आगामी दुई हप्ताको लागि कर्मचारीलाई घरबाटै काम गर्ने सुविधा सहित स्टोर बन्द गर्ने निर्णय गरेको छ । यसबारे कम्पनीका प्रमुख कार्यकारी निर्देशक टिम कुकले पत्रमार्फत जानकारी गराएका हुन् ।

उनले कम्पनीको वेबसाइटमा राखेको पत्रमा लेखिएको छ, ‘हामीले आउँदो मार्च २७ सम्मका लागि चीनमा रहेका बाहेक अन्य देशमा रहेका सबै स्टोर बन्द गर्ने निर्णय गरेका छौं । हामी सहज कामको वातवरण सिर्जना गरिरहेका छौं । त्यसैले प्रकृतिअनुसार अनलाइनबाट सम्भव भएको खण्डमा काम गर्न अनुरोध गर्दछौं ।’

साथै उक्त पत्रमार्फत कम्पनीले कोरोनाभाइरससँग लड्नको लागि १ करोड ५० लाख अमेरिकी डलर (करीब १ अर्ब ७७ करोड रुपैयाँ) सहयोग गरिएको समेत उल्लेख गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१