close

डेटिङ एपमा एक वर्षमै साढे दुई खर्ब खर्च

टेकपाना टेकपाना

चैत २, २०७६ १५:३६

डेटिङ एपमा एक वर्षमै साढे दुई खर्ब खर्च

एजेन्सी । पछिल्लो समय डेटिङ एपको प्रयोग बढी रहेको छ । जसको परिणमा यसमा हुने खर्च पनि बढ्दै गएको छ । गत वर्ष अर्थात सन् २०१९ मा मात्रै डेटिङ एपमा दुई खर्ब ५९ अर्ब खर्च गरिएको तथ्याङ्क सार्वजनिक भएको छ ।

एप एन्नीले भर्खरैमात्र सार्वजनिक गरेको ‘स्टेट अफ मोबाइल–२०२०’ अनुसार सन् २०१९ मा डेटिङ एप प्रयोगकर्ताले डेटिङ एपमा दुई खर्ब ५९ अर्ब खर्च गरेका छन् । जुन सन् २०१७ को तुलनामा दोब्बर हो । त्यसमध्य टिन्डरमा सबैभन्दा बढी खर्च गर्ने गरेको उल्लेख छ ।

प्रतिवेदनका अनुसार टिण्डर नन–गेमिङ एप मध्य धेरै समय बिताउनेमा दोस्रो नम्बरमा रहेको छ । डेटिङ एपमा पहिलो नम्बरमा रहेको टिण्डर पश्चात बम्बल दोस्रो नम्बरमा रहेको छ । भने, अजर तेस्रो नम्बरमा रहेको छ ।

प्रतिवेदन अनुसार पछिल्लो समय ‘टनटन’ को प्रयोगकर्ता भने ठुलो मात्रमा बढी रहेका छन् । छैटौं नम्बरमा रहेको टनटन पछिल्लो वर्ष सबैभन्दा बढी प्रयोग भएको डेटिङ एपको रुपमा स्थापित भएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१