close

यस्तो छ कोरोना भाइरसको जानकारी दिने माइक्रोसफ्टको म्याप

टेकपाना टेकपाना

चैत ४, २०७६ १३:१६

यस्तो छ कोरोना भाइरसको जानकारी दिने माइक्रोसफ्टको म्याप

काठमाडौं । माइक्रासफ्टले आफ्नो सर्च इन्जिन ‘बिङ’ मा कोरोनाको रियल टाइम अपडेट दिन म्याप सार्वजनिक गरेको छ । विश्वभर महामारीको रुप लिइसकेको यो भाइरसको विषयमा अहिले सबैको चासो छ ।

त्यसमा पनि इन्टरनेटमा कुन देशमा कतिलाई कोरोना लागेको छ, कतिको ज्यान गयो लगायतका सूचना तथा जानकारी बढी खोजिने गरेको छ । त्यसैलाई सहज बनाउन माइक्रोसफ्टले रियल टाइम अपडेट दिने म्याप सार्वजनिक गरेको हो ।

यस अघि पनि विभिन्न संघसंस्थाले यसैगरी म्यापमार्फत जानकारी दिँदै आएका छन् । तर, कम्पनीले विश्वसनीय संस्थाहरुको सहकार्यमा यसलाई सार्वजनिक गरेको जनाएको छ ।

कम्पनीका अनुसार यसमा विश्व स्वास्थ्य संगठन, अ‍मेरिकाको रोग नियन्त्रण तथा निवारण केन्द्र र युरोपको रोग नियन्त्रण तथा निवारण केन्द्र रहेका छन् । माइक्रोसफ्टले सार्वजनिक गरेको यो म्याप पनि अन्य संघसंस्थाले उपलब्ध गराएको म्याप जस्तै देखिन्छ ।

तर, यो म्याप मोबाइलमा उत्कृष्ट लाग्छ । मोबाइलमा यो म्याप प्रयोग गर्नका लागि अति नै सहज र जानकारीमुलक छ । साथै उक्त म्यापमा तपाईंले कुनै एउटा देशमा क्लिक गर्नु भएको खण्डमा त्यसमा उक्त देशमा वास्तविक संक्रमितको संख्या, कोरानाबाट मुक्त भएको मानिसको संख्या र ज्यान गुमाउनेको संख्या सबै देखाउँछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१