close

कक्षा ४ देखि ११ सम्मका विद्यार्थीका लागि अनलाइनमै निःशूल्क अध्ययन सामग्री

टेकपाना टेकपाना

चैत १४, २०७६ १३:१३

कक्षा ४ देखि ११ सम्मका विद्यार्थीका लागि अनलाइनमै निःशूल्क अध्ययन सामग्री

काठमाडौं । चीनको वुहानबाट फैलिएको कोरोनाभाइरस अर्थात कोभिड १९ का कारण विश्व नै आक्रान्त बनेको छ । कोरोनाभाइरसको प्रत्यक्ष प्रभाव नेपालमा पनि परिरहेका छ ।

गत मंगलबारदेखि सरकाले देशभर लकडाउन गरेको छ । जसले गर्दा देशका सम्पुर्ण संघ संस्थाहरू बन्द भएका छन् ।

विश्वविद्यालय तथा विद्यालय समेत बन्द अवस्थामा छन् । सबै परीक्षा रोकिएका छन् । जसको प्रत्यक्ष असर देशभरका ७० लाख विद्यार्थीहरूले भोग्नुपरेको छ ।

परीक्षा रोकिएर बस्नुपर्दाको समयमा विद्यार्थीहरुलाई नियमित तथा थप अभ्यास आवश्यकता हुन्छ ।यसैक्रममा डियरवाक लर्निङ् सेन्टरले नेपाल सरकारले निर्धारण गरेको पाठ्यक्रममा आधारित कक्षा ४ देखि ११ सम्मका सम्पुर्ण विषयको अनलाईन कक्षा निःशूल्क उपलब्ध गराउन थालेको छ ।

घरमा बसेको समयमा विद्यार्थीले अनलाइबाटै पढाइलाई निरन्तरता दिन तथा अभ्यास गर्न सक्ने गरी डियरवाकले यसको सरुवात गरेको हो । जसमा श्रव्यदृश्य दुबै सामग्री निःशूल्क गरिएको संस्थाले जनाएको छ ।

डियरवाकले विगत लामो समयदेखि अनलाइन मार्फत यस किसिमका सामग्री उपलब्ध गराउँदै आएको थियो । तर, हालको विषम परिस्थितिमा भने आफ्नो सेवा निःशूल्क गरिएको उल्लेख छ ।

‘विगत लामो समयदेखि हामीले उपलब्ध गराउँदै आएका यी भिडियो सामग्रीहरु अहिलेको समयमा अझ सान्दर्भिक हुने ठानेका छौँ । यसबाट विद्यार्थीहरूले घरमै बसेर अध्ययन अवलोकन गरी लाभ लिनुहुनेछ भन्ने अपेक्षा राखेका छौँ,’ संस्थाले आफ्नो फेसबुक पोस्टमा उल्लेख गरेको छ।

डियर वाकको पाठ्यसामग्री आफ्नो सहजता अनुसार संस्थाको वेबसाइट, युट्युव च्यानलमोबाइल एप डाउनालोड गरी प्रयोग गर्न सकिन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३६