close

स्थानीय समाचार संस्थालाई सहयोग गर्न १२ अर्बको कोष स्थापना गर्दै फेसबुक

टेकपाना टेकपाना

चैत १८, २०७६ १४:२२

स्थानीय समाचार संस्थालाई सहयोग गर्न १२ अर्बको कोष स्थापना गर्दै फेसबुक

काठमाडौं । कोभिड-१९ अर्थात कोरोना भाइरसको महामारीको समयमा सही, सत्य तथा समसामयिक समाचार सम्प्रेषण गर्ने स्थानीय समाचार संस्थालाई फेसबुकले सहयोग गर्ने भएको छ ।

प्रतिकूल घडीमा अहोरात्र खटिने समाचार क्षेत्रलाई सहायता गर्ने उद्देश्यले फेसबुकले दश करोड डलर (१२ अर्ब रुपैयाँभन्दा बढी) को कोष स्थापना गरिने फेसबुकका संस्थापक मार्क जुकरबर्गले आफ्नो फेसबुक पोस्टमार्फत जानकारी गराएका छन् । 

‘आफ्नो समुदायलाई सूसुचित राख्न यो प्रतिकूल अवस्थामा पनि पत्रकारहरु काम गरिरहेका छन्,’ मार्क जुकरबर्ग लेख्छन्, ‘प्रकोपले पारेको आर्थिक असरको कारण अहिले धेरै समाचार संस्थाहरु बाँच्नका लागि संघर्ष गरिरहेका छन् । यसले विशेषगरी स्थानीय समाचार संस्थाहरु धेरै नै प्रभावित भएका छन् । यसकारण हामी फेसबुकको पत्रकारिता परियोजनाबाट दुई करोड ५० लाख डलर आपतकालिन अनुदानको रुपमा छुट्याउन प्रतिवद्ध छौं । यस्तै यो संकटलाई समेटिरहेका समाचार संस्था तथा पत्रकारहरुको मार्केटिङ खर्चका लागि ७ करोड ५० लाख डलर छुट्याउँदै छौं ।’

फेसबुकको यो नयाँ आपतकालिन कार्यक्रमका लागि आगामी समयमा पनि पत्रकार तथा समाचार संस्थालाई सहायता गर्न ३० करोड डलरको कोष थप खडा गर्ने समेत मार्क जुरकबर्गले उल्लेख गरेका छन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१