close

जूमले सार्वजनिक गर्‍यो नयाँ सुरक्षा फिचर

टेकपाना टेकपाना

चैत २४, २०७६ १२:३१

जूमले सार्वजनिक गर्‍यो नयाँ सुरक्षा फिचर

काठमाडौं । कोरोनाभाइरसका कारण विश्वभर सामाजिक दुरी कायम गर्नुपर्ने अवस्था सिर्जना भएसँग जूम भिडियो कन्फ्रेन्सिङ एप ठूलै चर्चाको विषय बनिरहेको छ । विश्व स्वास्थ्य संगठनले सामाजिक दुरी कायम गर्न निर्देशन दिइरहेको छ ।

कोरोनासँग लड्न कतिपय देशले लकडाउन गरेका छन् । जसले गर्दा घरबाहिर निस्किन प्रतिबन्ध नै लागेको छ । यस्तो अवस्थामा घरमै बसेर अफिसको काम गर्नुपर्ने भएको छ ।

घरमा बसेर अफिसको काम गर्न टिममा समन्वय गर्ने वा बैठक बस्ने माध्यम भनेकै भिडियो कन्फ्रेन्सिङ एप नै हो । त्यसमा जूम सबैभन्दा चर्चित एप बन्यो ।

कारण थियो सहज र सस्तो । तर, पछिल्लो केही दिनयता जूममा सुरक्षा कमजोरी देखा परिरहेको छ ।

जसले गर्दा सेभ गरिएका हजारौं भिडियो अनलाइमा लिक भएका छन् । जूममा यस किसिमको समस्या देखिएसँगै उसले तत्कालै नयाँ सेक्युरिटी फिचर सार्वजनिक गरेको छ ।

जसमा ‘वेटिङ रुम’ र ‘टु मिटिङ पासवर्ड’ जस्ता दुई वटा सेक्युरिटी फिचर रहेका छन् । यसले आफैं दुईवटा पासवर्ड इनेबल गर्नेछ ।

एउटा पर्सनल मिटिङ पासवर्ड र अर्को पहिले नै निर्धारित मिटिङको पासवर्ड । यसको अर्थ अब यदि तपाईंले कसैलाई जूममार्फत भिडियो कन्फ्रेन्समा बोलाउन चाहनु भएको खण्डमा लिंकका साथै पासवर्ड पनि पठाउनु पर्नेछ ।

यसले लिङ्कमार्फत अनावश्यक व्यक्तिलाई भिडियो कन्फ्रेन्समा जोडिनबाट रोक्ने अपेक्षा गरिएको छ ।

एजेन्सीको सहयोगमा

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१