close

सरकारी एप्सबाट १८ हजारले गरे कोरोना भाइरसको स्व-परीक्षण

टेकपाना टेकपाना

बैशाख ५, २०७७ १७:६

सरकारी एप्सबाट १८ हजारले गरे कोरोना भाइरसको स्व-परीक्षण

काठमाडौं । कोरोना भाइरसको जानकारी दिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सञ्चालनमा ल्याएको मोबाइल एप ‘हाम्रो स्वास्थ्य’ बाट स्व-परीक्षण गर्नेको संख्या १८ हजार नाघेको छ । शुक्रबार मन्त्रालयले आयोजना गरेको मिडिया ब्रिफिङका क्रममा प्रवक्ता डा. विकाश देवकोटाले यसबारे जनाकारी दिएका हुन् ।

प्रवक्ता देवकोटाका अनुसार हालसम्म मोबाइल एप र मन्त्रालयले कोरोनको जानकारी दिन तयार पारेको वेबसाइटबाट स्व-परीक्षण गर्नेको संख्या १८ हजार दुई सय ८ जना पुगेका छन् । भने पछिल्लो २४ घण्टामा पाँच सय ७८ जनाले स्व-परीक्षणको फारम भरेका छन्।

त्यसमध्य हालसम्म रेड जोनमा अर्थात कोरोनाको सम्भावित व्यक्तीको संख्या दुई सय २५१ रहेको छ । भने २४ घण्टामा मात्र दुई जना रेड जोनमा परेका छन् । उनिहरुलाई सम्बन्धित विभागबाट ट्रेसिङको काम भइरहेको समेत उनले बताएका छन् ।

प्रवक्ता देवकोटाका अनुसार स्वास्थ्य मन्त्रालयले ११३३ र १११५ गरि दुई वटा कल सेन्टर सञ्चालनमा ल्याएको छ । सञ्चालनमा ल्याएको कल सेन्टरमाभ पछिल्लो २४ घण्टामा दुई हजार ६ सय ३२ वटा जिज्ञासा आएका छन् । त्यस्तै स्वास्थ्य मन्त्रालयको साईट हेर्नेको संख्या पाच लाख १८ हजार पुगको छन् भने मोबाइल एप प्रयोग गर्नेको संख्या ५५ हाजार २ सय ३० पुगेको उल्लेख गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४