काठमाण्डौं । आईफोनको दुर्लभ प्रोटोटाइपहरुको संकलन गर्न साैखिन एक व्यक्तिले एप्पल वाचको पहिलो पुस्ताको सुरुवाती डिजाइन फेला पारेका छन् । सुरुवाती डिजाइनको यो प्रोटोटाइप यस अघि कहिल्यै बाहिर देखिएको थिएन ।
पहिलो जेनेरेसनको एप्पल वाच सार्वजनिक हुनुभन्दा एक वर्षअघि उक्त प्रोटोटाइप बनाइएको थियो । उत्तरी इटालीका नागरिक २७ वर्षे गिउलियो जोमपेट्टीले हालै एप्पल वाचको सुरुवाती डिजाइनका आधा दर्जन प्रोटोटाइपहरु खरिद गरेका छन् ।
एप्पल वाचको प्रोटोटाइपको भित्रि हिस्सा । (IMAGE: GIULIO ZOMPETTI.)
जोमपेट्टीले अब ती घडीहरुलाई पुन फिक्स गरेर हजाराैं डलरको मूल्यमा बिक्री गर्ने योजना बनाएका छन् । तर जोमपेट्टीले ती प्रोटोटाइपहरु कहाँबाट खरिद गरेको भनेर खुलाएका छैनन् । आफूकहाँ ई वेस्ट प्लान्टहरुबाट आएको उनको भनाई छ ।
तर उनले खरीद गरेका ती प्रोटोटाइपहरु सबै टुटे फुटेका छन् । तर त्यसभीत्रका महत्वपूर्ण पाटपूर्जाहरु भने अझै काम गर्ने अवस्थामा छन् । यो घडी अझै मर्मत हुने सम्भावना छ ।
केही घडीमा स्टार वार्सको डेथ स्टारको जस्तै दुर्लभ लोगो छ । उक्त लोगो विगतमा आईफोनको प्रोटोटाइपमा पनि राखिएको थियो ।
एप्पल डिभाइसहरुको दुर्लभ प्रोटोटाइपहरु संकलन गर्दै आएका जोम पेट्टी ती प्रोटोटाइपहरु एप्पलको सक्कली उपकरण भएको विश्वास गर्छन् ।
This is a thread on what we know about Apple’s prototyping and development process of manufactured products.
मदरबोर्ड न्युज वेबसाइटका अनुसार आईफोनका प्रोटोटाइपहरुको पनि एकदमै ठूलो भूमिगत बजार छ । यस्ता प्रोटोटाइपलाई कतिपयले डेभ फ्यूज्ड डिभाइसहरु भन्ने गरेका छन् ।
यस्ता डिभाइसहरु किन्नका लागि विश्वभरका ह्याकरहरुले हजाराैं डलर खर्च गर्ने गरेका छन् । त्यस्ता प्रोटोटाइपबाट ह्याकरहरुले आईफोनको सुरक्षा फिचर थाहा पाउन सक्छन् । साथै आईफोनलाई कसरी ह्याक गर्ने भनेर सिक्न समेत उनीहरुलाई सजिलो हुन्छ ।
तर एप्पल वाचबाट भने जोमपेट्टी त्यस्तो केही गलत काम हस् भन्ने चाहँदैनन् । उनी दूर्लभ सामाग्रीहरुको संकलनमा रुची राख्छन् । उनका अनुसार यस्ता प्रोटोटाइपहरुको अनुमानित मूल्य नै हुँदैन ।
तर एप्पलले यस बारेमा कुनै प्रतिक्रिया दिएको छैन । ती प्रोटोटाइपमा भएका क्यूआर कोड, डेथ स्टार लोगो, र सिरियल नम्बरले त्यो एप्पल वाचकै प्रोटोटाइप भएको संकेत गर्दछ ।
एप्पलवाचका केही प्रोटोटाइप । (IMAGE: GIULIO ZOMPETTI.) डेथस्टारको लोगो रहेको एप्पल वाचको प्रोटोटाइप । (IMAGE: GIULIO ZOMPETTI.)