close

कोरोनाका कारण एप्पलको बिक्री ५ प्रतिशतले घट्ने प्रक्षेपण

टेकपाना टेकपाना

बैशाख १८, २०७७ १६:०

कोरोनाका कारण एप्पलको बिक्री ५ प्रतिशतले घट्ने प्रक्षेपण

काठमाडौं । कोराना भाइरस (कोभिड–१९) का कारण आईफोनको व्यापार घट्ने भएको छ । एप्पलले बुधबार दोस्रो त्रैमासिकमा यसको असर देखिने जनाएको छ ।

पहिलो त्रैमासिकमा खासै ठूलो असर भोगेको एप्पलले दोस्रो त्रैमासिकमा भने व्यापारमा कमी आउने जनाएको हो । पहिलो त्रैमासिकसम्म अमेरिका लगायत युरोपको बजारमा कोरोनाको कुनै असर नपरेका कारण पनि एप्पललाई कुनै असर परेको थिएन ।

एप्पलले गरेको प्रक्षेपण अनुसार कम्पनीको व्यापार कम्तिमा पनि अघिल्लो वर्षको तुलनामा पाँच प्रतिशतले घट्ने छ । यो प्रक्षेपण यसअघि याहुले गरेको एनालिटिक्समा पनि देखिएको थियो ।

याहुले पनि एप्पलको दोस्रो त्रैमासिकमा मोबाइलको व्यापारमा पाँच प्रतिशतभन्दा बढीले कमी आउने जनाएको थियो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३