close

आईफोनमा यसरी ब्लक गर्नुहोस्, अनावश्यक कल, टेक्स्ट र ईमेल

टेकपाना टेकपाना

जेठ ४, २०७७ १६:१९

आईफोनमा यसरी ब्लक गर्नुहोस्, अनावश्यक कल, टेक्स्ट र ईमेल

काठमाडौं । गलत वा अनावश्यक नम्बरबाट निरन्तर कल, म्यासेज आएर दिक्क हुनुहुन्छ ? जबसम्म त्यस्ता फोन नम्बर वा इमेल एड्रेसलाई ब्लक गर्नु हुँदैन, तबसम्म तपाईंले राहत पाउनु हुनेछैन । तर तपाईं आईफोन प्रयोगर्कता हुनुहुन्छ भने यो काम गर्न तपाईंलाई एन्ड्रोइड प्रयोग गरेजस्तो सजिलो भने हुँदैन । 

आज हामी तपाईंलाई त्यस्ता फोन नम्बर र ईमेल एड्रेसलाई आईफोनमा कसरी ब्लक गर्ने भन्ने विधि बताउँदै छाैं । केही ट्याप र क्लिकको भरमा तपाईंले कसैको कल, म्यासेज र ईमेल ब्लक गर्न सक्नुहुन्छ । त्यस्ता व्यक्तिहरुलाई यसको जानकारी समेत हुने छैन ।

तपाईंले कुनै संस्थाबाट सेवा लिनु भएको थियो । तर अब त्यो सेवा बन्द गर्नु गरिसक्नु भएको छ । तर संस्थाबाट अपडेटका लागि कल आइरहन्छ भने यस्तो बेला के गर्ने ?

यसका लागि तपाईंले तनाव लिनु पर्दैन आईफोनको ब्यूल्ट ईन टूल प्रयोग गरेर कुनै किसिमको रोबोकल वा नियोजित कल, म्यासेज, ईमेलहरु आईफोनमा ब्लक गर्न सक्नुहुन्छ ।

कसैलाई ब्लक गर्ने काम तपाईंले विभिन्न चार वटा एपबाट गर्न सक्नुहुन्छ । यी सबैको प्रक्रियाहरु एउटै किसिमको हुन्छ । एउटा एपमा गएर तपाईले ब्लक गरेपछि सबै चार वटै एपमा त्यस्तो फोन नम्बर सबैमा एकसाथ ब्लक हुन्छ ।

  • फोन: आफूले ब्लक गर्न चाहेको फोन नम्बर वा कन्ट्याक्ट खोज्नुहोस् । फोन नम्बर फेला पारेपछि नजिकै रहेको ‘आई’ बटनमा ट्याप गर्नुहोस् । त्यसपछि स्क्रिनको बटममा रहेको ‘ब्लक दिस कलर’ चयन गर्नुहोस् र कन्फर्म गर्नुहोस् ।
  • फेस टाइम: आफूले ब्लक गर्न चाहेको कन्ट्याक्ट, फोन नम्बर वा ईमेल एड्रेसमा ट्याप गर्नुहोस् । पेजको तलसम्म स्क्रोल गर्नुहोस् त्यहाँ रहेको ‘ब्लक दिस कलर’ ट्याप गरेर कन्फर्म गर्नुहोस् ।
  • म्यासेज: म्यासेज च्याट बक्स खोल्नुहोस् । स्क्रीनको माथि शिरानीमा रहेको कन्ट्याक्टमा ट्याप गर्नुहोस् । त्यसपछि ‘आई’ चयन गरेर नाम, फोन नम्बर र इमेल एड्रेसमा ट्याप गर्नुहोस् । पेजको तल देखिएको ‘ब्लक दिस कलर’  बटममा ट्याप गरी त्यसलाई कन्फर्म गर्नुहोस् ।
  • मेल: ब्लक गर्न चाहेको मान्छेसँगको म्यासेज खोल्नुहोस् । त्यसपछि तपाईंले ब्लक गर्न चाहेको ईमेल एड्रेसमा ट्याप गर्नुहोस् र ‘ब्लक दिस कन्ट्याक्ट’ चयन गर्नुहोस् ।

यदि तपाईं एप्पल मेल एप प्रयोग गर्नुहुँदैन र त्यसको साटो जीमेल वा आउटलूक प्रयोग गर्नुहुन्छ भने  यसबाट कसैलाई ब्लक गर्न मिल्दैन । 

कसैलाई ब्लक गरे के हुन्छ ?

यदि फेसटाइम, म्यासेज वा फोन एपमा कसैलाई ब्लक गरियो भने ईनकमिङ कल सिधा भ्वाइस मेलमा गएर बस्छ । त्यस्ता व्यक्तिहरुले तपाईंलाई गरेको म्यासेज फोन एपको भ्वाइस मेल सेक्सनमा गएर बस्न सक्छ । तर ब्लक म्यासेज भने त्यही सेक्सनमा लुकेको हुन्छ ।

म्यासेज वा फेस टाइम कलहरु भने एप्पलको डिभाइसमा देखिँदैनन् । तपाईंले ब्लक गरेको मान्छेले कुनै किसिमको जानकारी वा अलर्ट पाउन सक्दैन । उनीहरुलाई बेवास्ता गरिएको आभाष भने हुन्छ । कसैलाई मेल एपमा ब्लक गरियो भने उनीहरुको म्यासेज ट्य्राश फोल्डरमा गएर बस्छ ।

ब्लक लिस्ट हेर्ने र अनब्लक गर्ने तरिका

यदि तपाईं कसैलाई ब्लक लिस्टबाट हटाउन चाहनुहुन्छ भने सबैभन्दा पहिले सेटिङ एपमा जानुहोस् र त्यहाँ फोन, फेसटाइम, म्यासेज वा मेल मध्ये कुनै एउटा चयन गर्नुहोस् ।  

तपाईं जुनसुकै सेटिङ पेजमा भए पनि ब्लक गर्न चाहेको व्यक्तिको कन्ट्याक्ट खोज्नुहोस् र उनीहरुको नामको बायाँतिर स्वाइप गर्नुहोस् ।

सबै एपको लागि अनब्लक गर्ने प्रक्रिया एउटै हुन्छ । तपाईंले प्रत्येक एपमा गएर छुट्टाछुट्टै ब्लक गरिरहनु पर्दैन । तपाईंले फोन सेटिङ पेजबाट कसैलाई हटाउनु भयो भने त्यो व्यक्ति म्यासेज, फेसटायम र मेल सबैबाट एकैपटक ब्लक हुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३