काठमाडौं । सेञ्जेनमा आधारित स्टार्टअप ब्ल्याक भ्यू आफ्नो ह्येभी तथा बलियो स्मार्टफोनका लागि लोकप्रिय छ । कम्पनीको नयाँ फोन बीभी ९९०० प्रोमा कम्पनीले नयाँ प्रविधि थप गरेको छ ।
कम्पनीले अमेरिकी थर्मल इमेजिङ कम्पनी एफएलआईआरसँग साझेदारी गरेर ब्युल्ट ईन थर्मल क्यारालाई उक्त नयाँ फोनमा जडान गरेको छ ।
एफएलआईआर कम्पनीले थर्मल इमेजिङ सिस्टम बनाउँछ । उसको यो सिस्टम अमेरिकाको फूड एण्ड ड्रग एड्मिनिस्ट्रेसन-एफडीएबाट मान्यताप्राप्त हो । कम्पनीको सिस्टम दर्जनाैं उद्योगहरु, सरकारी सैन्य हवाई विमानदेखि अटोमोबाइलमा समेत प्रयोग हुन्छ ।
तस्वीरः फोर्ब्स
उक्त थर्मल प्रविधि जडित क्यामेराले मानिस, जनावर र अन्य निर्जीव वस्तुहरुबाट तापमान डिटेक्ट गर्नसक्छ । हङहङ अन्तर्राष्ट्रिय विमानस्थलले पनि ईनबाउण्ड प्यासेञ्जरहरुको तापमान चेक गर्न लामो समयदेखि थर्मल क्यामेरा प्रयोग गर्दै आइरहेको छ ।
अहिले कोभिड १९ संक्रमणपछि पश्चिमा मुलुकहरुले पनि यो प्रविधिको प्रयोग सुरु गरेका छन् । परीक्षणका क्रममा ब्ल्याक भ्यू बीभी ९९०० मा प्रयोग भएको एफएलआईआरको लेन्सले प्रभावकारी रुपमा काम गरेको पाइएको छ ।
यसले शरीरबाट मात्र होइन ल्यापटप तथा क्यामेरा, विशेषगरी ब्याट्री राखिएको ठाउँबाट उत्सर्जित हुने तापमान पनि डिटेक्ट गर्नसक्छ । थर्मल क्यामेराको फिचर अलावा यो फोन एउटा स्ट्याण्डर्ड मजबूत फोन हो ।
यसमा ५.८ इञ्चको १०८० पी एलसीडी प्यानल छ । यसको ब्याक साइडको भाग केभलरबाट बनाइएको छ र यो दागरहित फ्रेमभित्र सुरक्षित बसेको छ ।
तस्वीरः फोर्ब्स
यसलाई रक सोलिड तरिकाले निर्माण गरिएको छ र यो हातमा राख्दा गह्रुंगो छ । यो फोनको पछाडिको भागमा तलपट्टी मुटुको धड्कन नाप्ने सेन्सर पनि रहेको छ ।
यसमा दश सेकेण्डसम्म औंला राखेपछि यसले मुटुको धड्कनलाई पनि मापन गर्छ । यसको हार्टबिट सेन्सर एप्पल वाचको भन्दा राम्रो छ ।
फोनमा भएको हर्ट रेट सेन्सर । तस्वीरः फोर्ब्स
यसमा मेडिटेक हेलियोको पी नाइन्टी चिप प्रोसेसर छ । यो एउटा मिड टायर एसओसी हो । जीपीयू पर्फमेन्समा यो क्वालकम स्नापड्रागन सिरिजसँग मिल्दैन ।
तर यसले जुनसुकै स्मार्टफोनको कामलाई पनि राम्ररी पुरा गर्न सक्छ । तपाईंले फोरके भिडियो एडिट नगर्ने हो भने हेलियो पी नाइन्टी राम्रो छ ।
यो फोनको अन्य क्यामेरा सिस्टम पनि राम्रो छ । यसमा मेन क्यामेरा ४८ मेगापिक्सेलको छ । यसको नाइड मोड पनि धेरै नै सुधार भएर आएको छ । डेप्थ सेन्सर र म्याक्रो लेन्सले विज्ञापन गरिए जसरी राम्रो काम गर्छ ।
ब्ल्याक भ्यूको स्मार्टफोनलाई उसको क्यामेरा पर्फमेन्सकै आधारमा प्रयोग गर्नेहरु कम छन् । तर यो फोन त्यस्ता प्रयोगकर्ताहरुका लागि एकदमै राम्रो ठहर्न सक्छ, जसले आफ्नो अधिकांश समय बाहिर प्रतिकूल अवस्थामा बिताउने गर्छन् ।
४४० डलर अर्थात करीब ५४ हजार रुपैयाँमा उपलब्ध यो फोन प्रिमियम ब्राण्डभित्र नपरे पनि यसमा नवीन प्रविधि छ, जुन अन्य फोनहरुमा छैन ।