close

आईटी उद्योगमा ८ महिनामा करीब ६ अर्ब लगानी, ४५ सयलाई रोजगारी

टेकपाना टेकपाना

जेठ १४, २०७७ १२:२०

आईटी उद्योगमा ८ महिनामा करीब ६ अर्ब लगानी, ४५ सयलाई रोजगारी

काठमाडौं । सरकारले आर्थिक सर्वेक्षण २०७६/७७ सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको तथ्याङ्कका आधारमा तयार पारिएको उक्त प्रतिवेदन अनुसार नेपालका तीन वटा प्रदेशमा सूचना प्रविधि सम्बन्धी कुनै पनि उद्योग नै दर्ता भएको छैनन् ।

यस आर्थक वर्षमा प्रदेश २, प्रदेश ५ र कर्णाली प्रदेशमा सूचना, प्रसारण तथा सञ्चार प्रविधिमा आधारित उद्योग दर्ता नै नभएको सर्वेक्षणमा उल्लेख छ । सर्वेक्षणका अनुसार सूचना प्रशारण तथा सञ्चार प्रविधिमा हालसम्म ५ अर्ब ६ करोड ८० लाख लगानीमा मुलुकभर ७६ वटा उद्योग दर्ता भएका छन् ।

जसको कूल स्थिर पुँजी ४ अर्ब १९ करोड ३० लाख रहेको छ भने चालु पुँजी भने ८७ करोड ४० लाख रुपैयाँ रहेको छ । यी उद्योगमा हालसम्म चार हजार पाँच सय ५१ जानाले रोजगारी पाएको सर्वेक्षणमा उल्लेख छ ।

आर्थिक वर्ष २०७६/७७ को फागुन मसान्तसम्म कूल लगानी प्रतिवद्धता मध्ये सूचना प्रविधिको क्षेत्रमा ०.२ प्रतिशत मात्र रहेको जनाइएको छ ।

हालसम्म नेपालमा सूचना प्रविधिको क्षेत्रमा ९१ वटा उद्योगमा विदेशी लगानी प्रतिवद्धता आएको छ । जसमा ७ अर्ब २६ करोड २३ लाख रुपैयाँ लगानी गर्ने र चार हजार ९ सय ११ जनालाई रोजगारी दिने रहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३