close

देशभर ५ सय ३५ विद्यालयमा बन्यो कम्प्युटर ल्याब

टेकपाना टेकपाना

जेठ १४, २०७७ ९:३५

देशभर ५ सय ३५ विद्यालयमा बन्यो कम्प्युटर ल्याब

काठमाडौं । चालु आर्थिक वर्ष २०७६/७७ को फागुनसम्म देशका विभिन्न ५ सय ३५ ओटा सामुदायिक विद्यालयमा कम्प्युटर ल्याब स्थापना भएको छ । सरकारले मंगलबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षणले यस्तो तथ्य देखाएको हो ।

नेपाल दूरसञ्चार प्राधिकरणले चालु आवभित्र देशका एक हजार सामुदायिक विद्यालयमा सुचना प्रविधि ल्याब बनाउने योजनाका साथ ल्याब स्थापना गर्ने परियोजना अघि सारेको हो ।

यसै परियोजना अन्तर्गत हालसम्म सातै प्रदेशका एक एकवटा विद्यालय सूचना प्रविधि मैत्री (स्मार्ट स्कूल) मा रुपान्तरण भएको पनि सर्वेक्षण प्रतिवेदनमा उल्लेख छ । उक्त परियोजनाको बाँकी काम अहिले जारी रहेको प्राधिकरणले जनाएको छ ।

सर्वेक्षणले देशभर सञ्चालित २९ हजार ६ सय ७ सामुदायिक विद्यालयमध्ये हालसम्म ५ हजार ३ सय ६६ विद्यालयमा कम्प्युटर सुविधा उपलब्ध भएको पनि देखाएको छ । जसमध्ये ३ हजार ६ सय ७६ विद्यालयले शिक्षण सिकाई क्रियाकलापमा सूचना प्रविधिको प्रयोग हुने गरेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३