close

सञ्चालनमा आउँदै नेपालकै पहिलो समावेशी ई-लर्निङ

टेकपाना टेकपाना

जेठ २६, २०७७ १८:३०

सञ्चालनमा आउँदै नेपालकै पहिलो समावेशी ई-लर्निङ

काठमाडौं । नेपालको पहिलो पँहुचयुक्त र समावेशी ई-लर्निङ प्लेटफर्म लर्निङ ईन्क्लुजन सार्वजनिक हुने भएको छ । डाईभर्स प्याट्रर्न्स्‌ले तयार पारेको यो प्लेटफर्म मंगलबारदेखि औपचारिक रुपमा सञ्चालनमा आउने भएको हो ।

लर्निङ इन्क्लुजनले समावेशीता सम्बन्धी विविध नवीन कोर्षहरु विकास गर्ने जनाएको छ । जसअनुरुप मंगलबार वेबसाइटको विमोचन भएपश्चात् पहिलो निःशूल्क अनलाइन कोर्ष ‘सबैका लागि पहुँचयुक्त डिजिटल डकुमेन्ट कसरी बनाउने ?’ उपलब्ध हुने बताइएको छ ।

लर्निङ इन्क्लुजन तयार पार्न समावेशीता र विविधता सम्बन्धी सेवा प्रदान गर्ने परामर्शदाता कम्पनीको रुपमा रहेको डाईभर्स प्याट्रर्न्स्‌ले इन्टरनेसनल डेभलपमेन्ट इन्स्टिच्युट सँग साझेदारी गरेको छ । इन्टरनेसनल डेभलपमेन्ट इन्स्टिच्युट अमेरिकाको वासिङटन डीसीमा अवस्थित प्रशिक्षण तथा क्षमता विकासको क्षेत्रमा काम गर्दै आएको कम्पनी हो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०