काठमाडौं । सुविसु केबलनेट प्रालिले क्लियर टीभीमार्फत ई-कक्षा प्रसारण सुरु गरेको छ । कोरानभाइरसका कारण सिर्जना भएको विषम परिस्थितिमा विद्यार्थीको पठन पाठनमा देखिएको अवरोध हटाउने उद्देश्यका साथ कम्पनीले यसको सुरुवात गरेको हो ।
कम्पनीका अनुसार ई-कक्षा क्लियर टीभीको च्यानल नम्बर २९३ मा प्रसारित भइरहेको छ । जसमा कक्षा ४ देखि १० सम्मका विद्यार्थीलाई उपयोगीतामूलक शैक्षिक सेवा दिनका लागि डियर वाल इन्स्टिच्युट अफ टेक्नोलोजीले तयार पारेको शैक्षिक सामग्रीहरु रहेका छन् ।
क्लियर टीभीमार्फत विज्ञान, समाजिक शिक्षा, अग्रेंजी, गणित र नेपालीको पाठ्यक्रम समावेश गरिएको छ । ई-कक्षा सोमबारदेखि शुक्रबारसम्म बिहानको ११ बजेदेखि सुरुहुनेछ ।