close

अब एन्ड्रोइड र आईफोनमै कोरोना ट्रेसिङ टूल

टेकपाना टेकपाना

असार ८, २०७७ ११:१०

अब एन्ड्रोइड र आईफोनमै कोरोना ट्रेसिङ टूल

एजेन्सी । एन्ड्रोइड र आईफोन दुवै अपरेटिङ सिस्टमले आफ्नो सेटिङमा कोभिड १९ ट्रेसिङ सफ्टवेयर टूल ल्याएका छन् । अपरेटिङ सिस्टमको अपडेटको रुपमा दुवै अपरेटिङ सिस्टमले यो नयाँ सफ्टवेयर टूल सबै स्मार्टफोनको सेटिङमा राखेको हुन् । 

‘एक्सपोजर नोटिफिकेसन’ नाम दिइएको सो टूल बाई डिफल्ट रुपमा स्वीच अफ हुन्छ । तर यो आफैंमा कुनै ट्रेसिङ एप भने होइन । ब्लुटुथ प्रयोग भइरहँदा पनि यो टूल ब्याकग्राउण्डमा ईनेबल भइरहेको हुन्छ । यो टूलले एपलाई दुई स्मार्टफोनबीचको दूरी मापन गर्न सहयोग गर्छ । 

पछि सम्पर्कमा आएका दुईमध्ये एक व्यक्तिमा कोभिड १९ को परिक्षण पोजिटिभ देखिएको अवस्थामा त्यसले अर्को ह्याण्डसेटलाई अलर्ट अर्थात चेतावनी पठाउँछ । 

करीब डेढ महिना अघि देखि नेपालमा सरकारले समेत कोरोना ट्रेसिङ एप ल्याएको छ । तर, एपको प्रभावकारीता शून्यप्रायः छ ।

दुई मूख्य अपरेटिङ सिस्टमले ल्याएको यो नयाँ अपडेटले मानिसहरुमा दुविधा उत्पन्न भने गराउने देखिएको छ । स्मार्टफोनमा आएको यो नयाँ अपडेट प्रविधि जानकारहरु माझ अहिले सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ । 

बेलायतको सर्रे विश्वविद्यालयका कम्प्युटर वैज्ञानिक प्राध्यापक एलन वूडवर्डले यो नयाँ एप नभएर हाम्रो फोनमा थप गरिएको अतिरीक्त फिचर भएको बताएका छन् ।

संक्रमित व्यक्तिसँगको सम्पर्कमा आउने व्यक्तिहरुलाई सचेत गराउने एप बनाउन चाहने डेभलपहरुको सहयोगका लागि अपरेटिङ सिस्टमहरुले यस्तो टूल ल्याइएको हो । 

गूगल र एप्पलले अनुमोदन गरेका एपहरुले मात्र यो सुविधा प्रयोग गर्न पाउने बताइएको छ । यो टूलमा प्रवेश गर्न आईफोनमा सबैभन्दा पहिले सेटिङ एपमा गएर त्यहाँबाट प्राइभेसी मेनुहुँदै हेल्थ सब सेक्सनमा जानुपर्ने हुन्छ । 

यस्तै एन्ड्रोइड फोनमा यो टूल सेटिङ मेनुमा गूगलको सर्भिस एण्ड प्रिफरेन्स सेक्सनमा पाउन सकिन्छ । तर यसले कोभिडको लक्षण अध्ययन गर्ने एपमा भने काम गर्दैन । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१