close

आजबाट सुरु हुँदै एप्पलको महाकुम्भ, यसरी निःशूल्क हुनुहोस् सहभागी

टेकपाना टेकपाना

असार ८, २०७७ १२:१३

आजबाट सुरु हुँदै एप्पलको महाकुम्भ, यसरी निःशूल्क हुनुहोस् सहभागी

एजेन्सी। सोमबार एप्पलको वर्ल्ड वाइड डेभलपर कन्फ्रेन्स (डब्लूडब्लूडीसी) आयोजना हुँदैछ । एप्पलको सफ्टवेयर विशेष यो सबैभन्दा ठूलो कार्यक्रम हो ।

जसमार्फत एप्पलले विकास गरेका बिभिन्न नयाँ सफ्टवेयर सार्वजनिक हुने गर्छन् । त्यसैले पनि विश्वव्यापी रुपमा यो कार्यक्रमलाई विशेष रुपमा लिइन्छ ।

विगतका वर्षहरुमा यो कार्यक्रममा सहभागी हुनका लागि थारैमा पनि प्रतिव्यक्ति १५ सय ९९ अमेरिकी डलर अर्थात १ लाख ९० हजार रुपैयाँभन्दा बढीको टिकेट काट्नुपर्ने अवस्था थियो । तर, कोरोनाभाइरसको महामारीका कारण एप्पलले यो वर्ष कार्यक्रम भर्चुअल रुपमा आयोजना गरिरहेका छ ।

जसले गर्दा कार्यक्रममा निःशूल्क रुपमा सहभागी हुन सम्भव बनाएको हो । त्यसैले एप्पलको यो कार्यक्रममा सहभागी हुन पाउने यो अहिलेसम्मकै उपयुक्त अवसर हो ।

कार्यक्रम नेपाली समय अनुसार सोमबार राती ९ बजेर १५ मिनेटजाँदा सुरु हुनेछ । जसको प्रतक्ष्य प्रशारण एप्पलले पहिलो पटक आफ्नो आधिकारिक युट्युव च्यानलमार्फत दिने छ ।

जसको तयारी अहिले नै भइसकेको छ । यदि यो कार्यक्रममा सहभागी हुन चाहनुहुन्छ भने तपाईंले अहिलै गएर कार्यक्रम सुरुभएको जनकारी दिने गरी रिमाइन्डर राख्न सक्नुहुन्छ ।

त्यतिमात्र नभएर कम्पनीले यो कार्यक्रम आफ्नो वेबसाइट, एप्पल डेभलपर एप, एप्पल टीभी एपमार्फत पनि लाइभ दिने जनाएको छ । यदि तपाईं माइक्रोसफ्ट विन्डोज प्रयोगकर्ता हो भने तपाईंले माइक्रोसफ्टको एज ब्राउजरमा एप्पल भिडियो प्लेयर डाउनलोड गरी त्यहाँ पनि यो कार्यक्रम हर्ने सक्नुहुनेछ ।

यो कार्यक्रममार्फत विशेषगरी एआरएममा आधारित प्रोसेसर सार्वजनिक हुने अपेक्षा गरिएको छ । यसको अर्थ म्याक र म्याकबुकमा प्रयोग हुँदै आएको इन्टेल प्रोसेसरलाई एआरएम प्रोसेसरले प्रतिस्थापन गर्नेछ ।

जसको कार्यक्षमता अहिलेको भन्दा दुई गुणा बढी हुने उल्लेख गरिएको छ । कार्यक्रममार्फत आईम्याकको नयाँ डिजाइन, ट्रयाकिङ डिभाइस ‘एयर ट्याग’ र म्याक ओएस र आईओएसको नयाँ अपडेट समेत सार्वजनिक हुने अपेक्षा गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१