close

चिनियाँ लगानी रोकिने चिन्तामा भारतीय स्टार्टअप

टेकपाना टेकपाना

असार ८, २०७७ १३:२५

चिनियाँ लगानी रोकिने चिन्तामा भारतीय स्टार्टअप

एजेन्सी । चिनियाँ लगानी भएका भारतका ठूला स्टार्टअप कम्पनीहरुले पूँजी संकलनमा समस्या भोग्नुपर्ने देखिएको छ । दुई मुलुकबीच जारी सीमा विवादका कारण भारतमा चीन विरोधी भावनाको लहर चलेका कारण ती स्टार्टअपहरुले समस्या भोग्नुपर्ने देखिएको हो । 

पेटीएम, जमाटो, उडान र बिगबास्केट  जस्ता कम्पनीहरुमा चिनियाँ लगानी छ । तर ती सबै उद्यमी र कम्पनीहरुले सो विषयमा कुनै आधिकारिक प्रतिक्रिया दिएका भने छैनन् । 

तर केही मूख्य जोखिममा रहेका पूँजी लगानीकर्ताहरुले आफ्ना सम्बन्धित पोर्टफोलियोलाई क्याप टेबल विविधिकरण गर्न आग्रह गरेका छ । 

थ्री वान फोर क्यापिटलका संस्थापक साझेदार सिद्धार्थ पाई भन्छन्, ‘स्टार्टअपहरुबीच अहिले चलिरहेको चर्चा भनेको विदेशबाट आउने पूँजीको पर्याप्तताको मात्र होइन, गुणस्तरताको पनि हो ।

अहिले पूँजीको मात्राभन्दा गुणस्तरताको कुरा सबै लगानीकर्ताहरुमाझ चलेको छ र यो नै लगानीको प्रमुख आधार बन्दै गइरहेको हामीले देखिरहेका छौं ।’

स्टार्टअप इन्डस्ट्रीका जानकारीहरुले यसको प्रभाव सुरुवाती अवस्थामा रहेका कम्पनीहरुको तुलनामा वृद्धिको चरणमा रहेका कम्पनीहरुमा धेरै पर्ने बताएका छन् ।

युनिकर्न कम्पनीका संस्थापक चीनमा आफ्नो कम्पनीले धेरै एक्सपोजर पाएको, तर कम्पनी असफल हुने सम्भावना पनि त्यति नै धेरै रहेको बताउँछन् ।

 चिनियाँ लगानीकर्ताहरुले पहिल्यैदेखि धेरै लगानी गरेका कम्पनीहरुमा यस्तो प्रतिकूल अवस्थामा लगानी नगर्ने सिद्दार्थ पाईको बुझाई छ । 

चीनले रणनीतिक र वित्तीयरुपमा २०१९ मा ३ अर्ब ९० करोड डलर (करीब ४ खर्ब ७५ अर्ब) र २०१८ मा दुई अर्ब डलर (करीब ३ खर्ब ६५ अर्ब) लगानी गरेका थिए । सो अवधिमा अमेरिकालाई समेत पछि पार्दै चीन भारतको तीब्र विकास भइरहेको डिजिटल अर्थतन्त्रको सबैभन्दा ठूलो लगानीकर्ता बनेको थियो । 

एकजना स्टार्टअप लगानीकर्ताका अनुसार गत अप्रिलमा सरकारको प्रेस नोट थ्री नोटिफिकेसनपछि चिनियाँ लगानीमा सुस्तता छाएको थियो  ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१