काठमाडौं । यो युग मोबाइल फोटोग्राफीको हो । स्मार्टफोन निर्माकर्ता कम्पनीहरुले आजभोलि एकदमै अत्याधुनिक स्मार्टफोन निर्माण गरिरहेका छन् । जसमा क्यामेरालाई नै विशेष जोड दिइएको हुन्छ ।
यदि तपाईंसँग क्यामेराका लागि आवश्यक अन्य गियर सामाग्रीहरु छन् भने राम्रो फोटो वा भिडियोको लागि डीएसएलआर क्यामेराको आवश्यकता नै पर्दैन ।
फोटोः मोमेन्ट
राम्रो क्यामेरा क्वालिटी भएको फोनले पनि व्यावसायिक स्तरका फोटो तथा भिडियो खिच्न सकिन्छ । तर यसका लागि तपाईंलाई केही अन्य अतिरीक्त सामग्रीहरुको आवश्यकता पर्दछ । अहिलेका स्मार्टफोनलाई प्रोफेसनल क्यामेरा बनाउनका लागि निम्न उपकरणहरु तपाईंसँग हुनुपर्छ ।
१. पकेट साइजको सिनेमा लेन्स
तपाईंको स्मार्टफोनको आफ्नो राम्रो लेन्स राम्रो छ, तर यो ब्युल्ट ईन सानो भएकाले यसले धेरै काम गर्न सक्दैन । एउटा ठूलो लेन्सले जति विस्तृत र सुन्दर फोटो लिन सक्छ, त्यस्तो फोटो मोबाइल लेन्सबाट सम्भव हुँदैन ।
फोटोः मोमेन्ट
यस्तो बेला तपाईंले प्रोफेसनल ग्रेड अप्टिक्स प्रयोग गर्न सक्नुहुन्छ । त्यस्ता लेन्सले तपाईंको फोन क्यामेराको क्षमतालाई बढाउँछ । कम्पनीहरुले विभिन्न कामहरुका लागि बनाएका विभिन्न किसिमका लेन्सहरु बजारमा पाउन सकिन्छ ।
भिडियो र अल्ट्रा वाइड ल्याण्डस्केप फोटोग्राफीका लागि एनामोर्फिक लेन्स उपयुक्त हुन्छ । यसका लागि तपाईंले मोमेन्टको ५८ एमएम लेन्स प्रयोग गर्न सक्नुहुन्छ ।
यसका लागि एकपटक यहाँ क्लिक मोमेन्टको फोटो ग्यालरी हेर्न समेत सक्नुहुन्छ । अमेजन र मोमेन्टको साइटमा यो लेन्स २० डलर छूट सहित १३० डलरमा पाउन सकिन्छ ।
२. फिल्टर माउन्ट र पोलराइजर
फोटोग्राफीमा वस्तुमा अन्य छायाँ पर्ने धेरैको समस्या हो । तर तपाईंले पोलराइजर फिल्टर प्रयोग गर्नुभयो भने फोनले छायाँ बिना फोटो र भिडियो शूट गर्न सक्छ ।
यति भएपछि तपाईंले घामको किरणको छायाँ बिना जहाँसुकै फोटो शूट गर्न सक्नुहुन्छ । सीपीएल फिल्टर प्रयोग गरेर तपाईंले छायाँ बिना चस्मा लगाउने मान्छेको तस्वीर समेत खिच्न सक्नुहुन्छ ।
यसका लागि हामी तपाईंलाई मोमेन्टको ३७ एमएम माउन्ट र सीपीएल फिल्टर खरिद गर्न सल्लाह दिन्छौं । मोमेन्टको ३७ एमएम माउन्ट प्लस सीपीएल फिल्टर ३० डलरमा एटी मोमेन्ट र ४० डलरमा अमेजनमा पाउन सकिन्छ ।
३. सोल्जर पोड जी टु
फोटोः सोल्जर पोड
सोल्जर पोड जी टु हेर्दा अचम्मको उपकरण जस्तो देखिन्छ । यसले तपाईंको फोनलाई ठाडो र तेर्छो दुवै तरिकाले पकडमा राख्छ । यसको मद्दतबाट तपाईंले फोन नहल्लाई भिडियो लिन सक्नुहुन्छ । यसमा भएका ६ वटा कोल्ड सु माउन्टले बाहिरी प्रकाश र माइक्रोफोनका लागि पर्याप्त अप्सन दिन्छ ।
यसमा भएको ट्राइपोड माउन्ट तपाईंको इच्छाअनुसार घुम्ने र टतस्थ बस्ने हुँदा यसलाई तपाईंले आवश्यता अनुसार प्रयोग गर्न सक्नुहुन्छ । सोल्जर पोड जी टू तपाईंले बी एण्ड एच फोटो र अमेजनमा ७० डलरमा पाउन सक्नुहुन्छ ।
४. बोक्न मिल्ने सर्टगन माइक
फोटोः रोडे माइक्रोफोन
राम्रो भिडियो बन्न राम्रो अडियोको पनि आवश्यकता पर्दछ । बजारमा महंगा महंगा माइक्रोफोनहरु छन् । तर हामी तपाईंलाई रोड भिडियो माइक गो किन्ने सल्लाह दिन्छौं । यो एकदमै सानो हुन्छ र यसलाई बाह्य चार्जिङको आवश्यकता पनि पर्दैन ।
यसलाई हेडफोन जस्तै फोनमा ज्याक ईन गरेर राख्न सकिन्छ । यसको अडियो क्वालिटी फोनको भन्दा राम्रो हुन्छ । यसबाट टाढाको आवाज पनि सफा र स्पष्ट सुन्न सकिन्छ । रोड भिडियो माइक गो तपाईंले सय डलरमा बी एण्ड एच फोटोमा पाउन सक्नुहुन्छ ।
५. जतासुकै लान मिल्ने ट्राइपोड
फोटोः जोबी
जब तपाईं आउटडोर शूटका लागि बाहिर जानुहुन्छ, त्यतिखेर जतासुकै समथर भाग हुँदैन । तपाईंलाई ट्राइपोड टेकाउन अप्ठ्यारो हुन्छ तर जोबीको गोरिल्लापोड फरक ट्राइपोड हो ।
यसको स्ट्याण्डलाई जस्तोसुकै ठाउँमा जुनसुकै पोजिसनमा अड्याउन सकिन्छ । यो भ्लगका लागि एकदमै उपयुक्त छ ।
आकारमा पनि यो सानो छ र यसका तीनैओटा खुट्टालाई एउटा हातमा समेटेर मोनोपोड बनाउन पनि मिल्छ । जोबी ग्रिप टाइट प्रो टु गोरिल्लापोड अमेजनमा ८७ डलरमा पाउन सकिन्छ ।
६. डोंगल
फोटोः अमेजन
जुनसुकै अल्ट्रालाइट फोटो किटका लागि डोंगल आवश्यक हुन्छ । डोंगलमा हेडफोन ज्याक पोर्ट र यूएसबी सी पोर्ट हुन्छ, जसले गर्दा तपाईंको चार्जमा रहेको फोनलाई डिस्टर्ब नगरी यो माइक्रोफोनसँग कनेक्ट हुनसक्छ ।
यसबाट तपाईंले आफ्नो माइक, चार्ज वा एक्सटर्नल ब्याट्री प्लग ईन गर्नसक्नुहुन्छ । हामी तपाईंलाई लिंकलाइक ३.५ एमएम यूएसबी सी डोंगल किन्ने सल्लाह दिन्छौं । यो अमेजनमा १५ डलर छूट सहित २५ डलरमा पाउन सकिन्छ ।
७. पोर्टेबल ब्याट्री
फोटोः अमेजन
स्मार्टफोनहरुको ब्याट्री ब्याकअप उत्कृष्ट भए पनि फोटो खिच्ने वा भिडियो शूट गर्ने उद्देश्यले बाहिर जाँदै हुनुहुन्छ भने एउटा पावर ब्याट्री तपाईंका लागि एकदमै आवश्यक छ ।
अंकेर पावर कोर १०,००० पोर्टेबल ब्याट्री राम्रो अप्सन बन्न सक्छ । यसलाई अमेजनमा २६ डलरमा पाउन सकिन्छ ।
८. ब्याग
फोटोः पिक डिजाइन
तपाईसँग फोन छ, यी सबै उपकरणहरु छन् भने अब तपाईंलाई एउटा ब्यागको खाँचो हुन्छ । यो लेखमा बताइएका सामग्री खरिद गर्नु भएको छ भने एउटा सिक्स एल साइजको ब्याष तपाईको लागि उपयुक्त हुन्छ ।
यसभित्र तपाईंका सम्पूर्ण सामान सुरक्षित रुपमा राख्ने विशेष ठाउँहरु हुन्छ । साथै पानीले पनि नबिगार्ने यो वदेर सिल्ड हुन्छ । तपाईंको लागि पिक डिजाइन एभ्रिडे स्लिङ भी टू सिक्स एल ब्याग उपयुक्त हुन्छ । बी एण्ड एच फोटो र अडोरामा सय डलरमा यो ब्याग पाउन सकिन्छ ।