काठमाडौं । नेपाल राष्ट्र बैंकले अनुमति नलिएर सेवा प्रदान गरिरहेका डिजिटल पेमेन्ट कम्पनीसँग सहकार्य नगर्न बैंकहरुलाई निर्देशन दिएको छ । शुक्रबार सूचना जारी गर्दै राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई यस्तो निर्देशन दिएको हो ।
केही बैंक तथा वित्तीय संस्थाले अनुमति नलिएका संस्थालाई समेत डिजिटल पेमेन्ट पार्टनरको रुपमा आवद्ध गराएको सूचनाको आधारमा राष्ट्र बैंकले यस्तो निर्देशन दिएको बताइएको छ ।
‘कतिपय बैंकले आफ्नो डिजिटल पेमेन्ट पार्टनरको रुपमा राष्ट्र बैंकबाट अनुमति प्राप्त नभइसकेका कम्पनीलाई डिजिटल पेमन्ट पार्टनको रुपमा सहकार्य गरेको देखियो,’ भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कँडेल भन्छन्, ‘डिजिटल पेमेन्ट पार्टनरलाई आवश्यक परेको खण्डमा प्रयोगकर्ताको बैंक अकाउण्ट समेत हेर्न मिल्ने हुन्छ । यस्तो अधिकार राष्ट्र बैंकबाट अनुमति नलिएकालाई दिनु हुँदैन भनेर हामीले यो निर्णय गरेको हौं ।’
राष्ट्र बैंकबाट हालसम्म अनुमति प्राप्त गरेर भुक्तानी सेवा सञ्चालक तथा भुक्तानी सेवा प्रदायककै रुपमा सञ्चालनमा रहेका संस्थाहरु: