close

अब वालेटबाटै सहकारीको खातामा रकम पठाउन सकिने

टेकपाना टेकपाना

असार २९, २०७७ ८:१८

अब वालेटबाटै सहकारीको खातामा रकम पठाउन सकिने

काठमाडौं । इन्फोडेभल्पर्स प्रालिले नेपालमा पहिलो पटक वालेटबाट सहकारी संस्थाको खातामा रकम ट्रान्सफर गर्न सकिने सेवा सुरु गरेको छ । कम्पनीले ईसेवा वालेटबाट सहकारीको खातामा सिधै रकम पठाउन सकिने सुविधा ल्याएको हो ।

यस किसिमको सेवाले सहकारीका सदस्यहरुको कारोबारमा सहजता ल्याउनुका साथै बिना झञ्जट सजिलै खातामा रकम ट्रान्सफर गर्न सकिने छ । इन्फोडेभल्पर्ससँग आवद्ध सबै सहकारी संस्थाले यो सुविधा प्रयोग गर्न सक्ने इन्फोडेभलपरले जनाएको छ ।

लकडाउनको समयमा सहकारी संस्थाहरुसम्म पुगेर सेवा लिन नसक्ने अवस्थालाई मध्येनजर राख्दै यो सुविधा थप गरेको कम्पनीका प्रवक्ता सुरेश कंसाकारले बताए ।

यो सुविधा हाल ईसेवा वालेटबाट रकम ट्रान्सफर गर्न मिल्ने स्तरमा विकास भइसकेको छ । इन्फोडेभलपरले आगामी दिनमा अन्य वालेट सेवाप्रदायकबाट समेत रकम ट्रान्सफर गर्न सकिने गरी काम भइरहेको जनाएको छ ।

ईन्फोडेभलपर विगत १८ वर्षदेखि नेपालको आईटी क्षेत्रमा काम गर्दै आएको कम्पनी हो । कम्पनीले सहकारी संस्थाहरुका लागि मोबाइल बैंकिङ, एटीएम, ईबैंकिङ, ट्याब्लेट बैंकिङ सेवा समेत सुरु गरिसकेको छ । इन्फोडेभरर्पसमा हाल झण्डै एक हजार सहकारी संस्था आवद्ध रहेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३