काठमाडौं । बुधबार र बिहीबार गरी दुई दिनका बिजुली र खानेपानीको अनलाइन भुक्तानी सेवा बन्द भएको छ । यो सँगै ई–सेवा, खल्ती लगायतका मोबाइल वालेटका साथै विभिन्न बैंकको प्रयोग गरी अनलाइनबाट यस किसिमको बिल भुक्तानी गर्न सकिने छैन ।
आर्थिक वर्ष २०७६/७७ को सकिन लागेका कारण बुधबार र बिहीबार दुई दिनका लागि यो सेवा बन्द भएको हो । नेपाल विद्युत प्राधिकरणले आज एक दिनका लागि र खानेपानी संस्थानले बुधबार र बिहीबार दुई दिनका लागि यो सेवा बन्द गरेका छन् ।
असार मसान्तको समयमा यसअघिका वर्षहरुमा पनि यसरी नै सरकारी कार्यालयहरुले अनलाइन सिस्टम बन्द गर्दै आएका छन् । याे शूल्क बुझाउने हिसाबले सबैभन्दा चाप पर्ने समय हाे । यस्तो समयमा अनलाइन सेवा बन्द गर्दा त्यसकाे सबैभन्दा ठूलाे असर सेवाग्राहीलाई पर्ने निश्चित छ ।