close

सबै नगद कारोबार विद्युतीय माध्यममा लैजान राष्ट्रिय भुक्तानी स्वीच स्थापना गरिने

टेकपाना टेकपाना

साउन २, २०७७ १५:५१

सबै नगद कारोबार विद्युतीय माध्यममा लैजान राष्ट्रिय भुक्तानी स्वीच स्थापना गरिने

सबै प्रकारका नगद कारोबारलाई विद्युतीय माध्यममा लैजाने राष्ट्रिय भुक्तानी स्वीचको स्थापना गरिने भएको छ । चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले यस्तो घोषणा गरेका हुन् ।

नीतिमा सबल र सुरक्षित विद्युतीय भुक्तानी प्रणालीको विकास गर्दै नगद कारोबार न्युनिकरण गर्न नेपाल सरकारले कार्यान्वयनमा ल्याएको डिजिटल नेपालको फ्रेमवर्क मर्म अनुरुप सबै प्रकारका नगद कारोबार विद्युतीय माध्यमबाट गर्न प्रोत्साहित गरिने उल्लेख छ ।

नीतिमा अगाडि भनिएको छ, ‘नेपालभित्र हुने सबै प्रकारका विद्तयुतीय कारोबारको अभिलेख कायम गरी भुक्तानी प्रणालीमा थप सहजीकरण गर्न राष्ट्रिय भुक्तानी स्वीचको स्थापना गरिनेछ ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४