close

अब एउटा बैंकको एटीएम कार्ड अर्को बैंकमा निःशूल्क प्रयोग गर्न सकिने

टेकपाना टेकपाना

साउन २, २०७७ १६:४

अब एउटा बैंकको एटीएम कार्ड अर्को बैंकमा निःशूल्क प्रयोग गर्न सकिने

काठमाडौं । अब एउटा बैंकको एटीएम कार्ड अर्को बैंकको एटीएम मेसिनमा प्रयोग गर्दा शूल्क नलाग्ने भएको छ । चालु आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले कोभिड १९ को असर रहेसम्म अर्को एटीएममा पैसा नलाग्ने घोषणा गरेका हुन् ।

त्यस्तै बैंक तथा वित्तीय संस्थाका कारोबारबीच अन्तरआवद्धता हुने व्यवस्था गरिने नीतिमा उल्लेख छ । बैंक तथा वित्तीय संस्थाका लागि आवश्यक ग्राहक पहिचान (नो योर कस्टमर) लाई एकीकृत रुपमा उपलब्ध गराउने व्यवस्था मिलाइने घोषणा समेत नीतिबाट भएको छ ।

त्यसो त कोरोना भाइरसको महामारी सुरुभएदेखि एउटा बैंकको एटीएम अर्को बैंकको एटीएम मेसिनमा प्रयोग गर्दा पैसा नलाग्ने व्यवस्था गरिएको थियो । तर लकडाउन खुकुलो हुँदै गएसँगै बिहीबारदेखि बैंकहरुले अर्को बैंकको एटीएम प्रयोगमा दिइएको निःशूल्क सुविधा बन्द गरेका थिए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४