close

एउटै मोबाइलमा यसरी प्रयोग गर्नुहोस् दुई वटा ह्वाटसएप अकाउण्ट

टेकपाना टेकपाना

साउन ५, २०७७ ११:४५

एउटै मोबाइलमा यसरी प्रयोग गर्नुहोस् दुई वटा ह्वाटसएप अकाउण्ट

काठमाडौं । अब एउटा मोबाइलमा दुई वटा ह्वाट्सएप अकाउण्ट चलाउन सकिने भएको छ । त्यसका लागि आजकल स्मार्टफोनमा एप क्लोनिङको सुविधा आएको छ । 

जसको माध्यमबाट तपाईंले कुनै पनि एप क्लोन गर्न र प्रयोग गर्न सक्नुहुनेछ । यो सुविधाको माध्यमबाट तपाईं आफ्नो मोबाइलमा व्हाट्सएप समेत क्लोन गर्न सक्नुहुनेछ र दुई वटा ह्वाट्सएप अकाउण्ट एकसाथ चलाउन सक्नुहुनेछ। 

कसरी प्रयोग गर्ने ?

  • यदि तपाईं आफ्नो मोबाईलमा एकसाथ दुई वटा ह्वाट्सएप अकाउण्ट चलाउन चाहनुहुन्छ भने, सुरुमा आफ्नो मोबाइलको सेटिङमा जानुहोस् ।
  • सेटिङमा तल स्क्रोल गर्नुहोस् । त्यहाँ रहेको एप्स अप्सनभित्र क्लोन अथवा एप ट्विन फिचर देख्नुहुनेछ । त्यसमा दबाउनुहोस् । 
  • एप क्लोनर विकल्पमा तपाईं आफ्नो मोबाइलमा रहेका एपहरुको सूची देख्नुहुनेछ । यसबाट ह्वाट्सएप ट्याप गर्नुहोस् ।
  • व्हाट्सएपमा ट्याप गरेपछि तपाईंले एप क्लोन विकल्प देख्नुहुनेछ । त्यसलाई अन गर्नुहोस् ।  

यति गरेपछि तपाईंको मोबाइलमा ह्वाट्सएप क्लोन तयार हुन्छ । यसमार्फत तपाईं आफ्नो मोबाइलमा एकसाथ दुई वटा ह्वाट्सएप अकाउण्ट चलाउन सक्नुहुन्छ।

यदि तपाइँको स्मार्टफोनमा एप क्लोन सुविधा छैन भने पनि चिन्ता लिनुपर्दैन । गूगल प्ले स्टोरबाट प्यारेलल स्पेस लाइट एप डाउनलोड गरेर आफ्नो मोबाईलमा एक साथ दुई वटा ह्वाट्सएप अकाउण्ट प्रयोग गर्न सक्नुहुन्छ । यो एपले मोबाइलको एप क्लोनर फिचर जस्तै काम गर्दछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४