काठमाडौं । ओप्पोले नयाँ स्मार्टफोन ए ३१ सँगै आफ्नो आईओटी प्रडक्ट वायरलेस हेडफोन समेत नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीको एन्को सिरिजका वायरलेस हेडफोन सोमबारदेखि नेपाली बजारमा उपलब्ध भएका हुन् ।
आफ्नो आईओटी उत्पादन अन्तर्गत कम्पनीले ओप्पो एन्को डब्लू ११, एन्को डब्लूू ३१ र एन्को एम ३१ गरी तीन मोडल नेपाली बजारमा ल्याएको छ । ओप्पोको अफलाइन रिटेल च्यानलमार्फत उपलब्ध हुने ओप्पो एन्को डब्लू ११ को बजार मूल्य ३९९० रुपैयाँ निर्धारण गरिेको छ ।
ओप्पो एन्को डब्लू ११ । तस्वीरः ओप्पो
अन्य उत्पादन भने ईकमर्स प्लेटफर्म दराज नेपालमा उपलब्ध भएका छन् । जसमा एन्को डब्लू ३१ को मूल्य ६९९० र एन्को एम ३१ को मूल्य ४९९० रुपैयाँ राखिएको छ ।