close

चल्न थाले सरकारी वेबसाइट

टेकपाना टेकपाना

साउन ११, २०७७ १३:३९

चल्न थाले सरकारी वेबसाइट

काठमाडौं । आइतबार मध्यान्हतिर अचानक रुपमा सरकारी मुख्य सर्भर सिस्टम डाउन हुँदा सरकारका आठ सयभन्दा बढी वेबसाइट खुल्न सकेनन् । शनिबारदेखि उत्पन्न भएको सर्भरको समस्या अन्ततः आइतबार दिउँसो साढे एक बजे समाधान भएको छ ।

नजिकैको ट्रान्सफर्मर पड्किँदा आएको झड्काले सिंहदरबारभित्र राष्ट्रिय सूचना प्रविधि केन्द्र अन्तर्गत रहेको डेटा सेन्टरमा शनिबारदेखि नै समस्या आएको थियो । शनिबार केही सरकारी वेबसाइट प्रभावित भए पनि आइतबार भने डेटा सेन्टरमा होस्ट गरिएका सबै सरकारी वेबसाइटहरु बन्द हुन पुगेका थिए ।

समस्या समाधान भए पनि केही समयसम्म स्टेबलाइजेसनको समस्या देखिन सक्ने केन्द्रका कार्यकारी निर्देशक सुनिल पौडेलले जानकारी दिए । ‘डीएनएसमा अत्यधिक लोड परेका स्टेबलाइजेसन हुन केही गाह्रो परिरहेको छ,’ उनले भने, ‘सोमबारदेखि भने सबै साइटहरु स्मूथ रुपमा चल्ने अपेक्षा छ ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०