close

प्रभु पे प्रयोग गर्नुहुन्छ ? थाहा पाइराख्नुहोस्, पासवर्ड रिकभर गर्ने तरिका

टेकपाना टेकपाना

साउन २३, २०७७ २२:६

प्रभु पे प्रयोग गर्नुहुन्छ ? थाहा पाइराख्नुहोस्, पासवर्ड रिकभर गर्ने तरिका

काठमाडौं । पछिल्लो समय मोबाइल वालेट हाम्रो भुक्तानीको एउटा अभिन्न अगंजस्तै बन्दै गइरहेको छ । प्रविधिमा आएको विकास र समयको मागका कारण पनि यसको प्रयोगमा उल्लेख्य वृद्धि भइरहेको छ ।

अझ भनौं कोरानाभाइरसका कारण सिर्जना भएको अहिलेको अवस्थामा अनलाइन पेमन्ट नै सबैभन्दा उत्तम विकल्प हो । यस्तोमा हामी विभिन्न मोबाइल पेमेन्टका एपहरु प्रयोग गरिरहेका हुन्छौं । बैंकहरुका छुट्टै एप छन् ।

विभिन्न सामाजिक संञ्जाल पनि प्रयोग गरिएकै हुन्छ । यी सबैलाई सुरक्षित राख्न पासवर्डको आवश्यकता पर्दछ । यस्तो अवस्थामा कहिलेकाहीँ पासवर्ड बिर्सिनसक्ने सम्भावना पनि रहन्छ ।

त्यस्तो अवस्थामा कसरी पासवर्ड रिकभर गर्ने भन्ने जानकारी हुन आवश्यक छ । त्यसैले यहाँ हामी मोबाइल वालेट कम्पनी प्रभु पेको एपमा पासवर्ड बिर्सिंदा के गर्ने र मोबाइल नम्बर प्रयोग गरी कसरी रिकभर गर्ने भन्ने बारेमा जानकारी दिँदै छौं ।

१‍. सुरुमा प्रभु पेकाे एप खाेल्नुहाेस् र त्यहाँ रहेकाे गेट पासवर्डमा क्लिक गर्नुहोस् ।

२. अब माेबाइल नम्बर राखेर रिकभरमा क्लिक गर्नुहाेस् ।

३. त्यहाँ सानाे बक्समा माेबाइल नम्बर सही छ वा छैन भनेर जाँच गर्ने अवसर दिइएको हुन्छ । यदि ठीक छ भने ओके बटनमा क्लिक गर्नुहोस् । यति गरेपछि तपाईंको मोबाइल नम्बरमा एक्टिभेसन काेड आउने छ ।

४. मोबाइलमा आएको एक्टिभेसन काेड प्रयाेग गरी तपाईंले आफ्नो पासवर्ड परिवर्तन गर्न सक्नुहुनेछ । त्यसका लागि नयाँ पासवर्ड राखेर भेरिफाई अकाउण्टमा क्लिक गर्नुहोस् । यति गरेसँग तपाईंको पासवर्ड परिवर्तन हुनेछ ।

५. अब आफूले सिर्जना गरेको नयाँ पासवर्ड राखेर लगईन गर्न सक्नुहुनेछ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३