close

साइबर आक्रमण रोक्ने ब्ल्याकबेरीको नयाँ टूल सबैका लागि निःशूल्क

टेकपाना टेकपाना

साउन २७, २०७७ ८:१५

साइबर आक्रमण रोक्ने ब्ल्याकबेरीको नयाँ टूल सबैका लागि निःशूल्क

काठमाडौं । ब्ल्याकबेरीले सोमबार ब्ल्याक ह्याट यूएसए २०२० मा ओपन सोर्स इन्टरनल टूल पीई ट्री सबै सेक्युरिटी प्रोफेसनलहरुका लागि उपलब्ध भएको घोषणा गरेको छ । सेक्युरिटी प्रोफेसनलहरुले उक्त इन्टरनल टूल रिभर्स इन्जिनियरिङ माल्वेयरका लागि प्रयोग गर्न सक्छन् । 

रिभर्स इन्जिनियरहरुले पिफाइल र पाइक्यूटीफाइभ प्रयोग गरेर उक्त टूलबाट ट्री भ्यूमा पोर्टेबल एक्जिक्युटेबल (पीई) फाइलहरु हेर्न सक्छन् । यसले ओपन सोर्स पीई भ्यूअर कोड बेस प्रदान गर्दै मेमोरीबाट माल्वेयरलाई डम्प तथा पुनःस्थापना गर्न सजिलो बनाइदिन्छ । 

उक्त टूल पीई संरचनाको सजिलो नेभिगेसनका लागि हेक्स रेको आईडीए प्रो डिकम्पाइलरसँग इन्टिग्रेट हुन्छ । साथै यसले ईन मेमोरी पीई फाइललाई डम्प र इम्पोर्ट पुनःसंरचना परफर्म गर्दछ । 

पीई ट्री पाइथनमा डेभलप भएको र यसले विण्डो, लिनक्स र म्याक अपरेटिङ सिस्टमलाई सपोर्ट गर्ने बताइएको छ । यसलाई स्ट्याण्डअलोन एप्लिकेसन वा आईडीए पाइथन प्लगईनको रुपमा इन्स्टल तथा रन गर्न सकिन्छ ।

यसले प्रयोगकर्तालाई जुनसुकै एक्जिक्युटेबल फाइल परीक्षण गर्ने अनुमति दिन्छ । रिभर्स इन्जिनियरहरुले डिसएसेम्ब्लर्स, डिबगर्स, पीई भ्यूअर र नेटवर्क एनालाइजर जस्ता विभिन्न टूलहरु माल्वेयरलाई भत्काउनका लागि प्रयोग गर्दै आएका छन् । 

एजेन्सीको सहयोगमा । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३