close

इमेल र अनलाइनमार्फत सेवा लिन नेप्सेको आग्रह

टेकपाना टेकपाना

साउन २७, २०७७ १७:७

इमेल र अनलाइनमार्फत सेवा लिन नेप्सेको आग्रह

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड(नेप्से)ले अनलाइन तथा इमेलमार्फत सेवा लिन आग्रह गरेको छ । पछिल्लो समय कोरोना महामारीको संक्रमण बढिरहेको अवस्थालाई मध्यनजर गर्दै नेप्सेले अनलाइन सेवा लिन आग्रह गरेको हो ।

नेप्सेले आफूसँग गर्नुपर्ने कामकारबाहीका लागि भौतिक उपस्थितिलाई सम्भव भएसम्म कम गर्न र बुझाउनुपर्ने डकुमेन्ट इमेल तथा अनलाइनबाटै बुझाउन आग्रह गरेकाे छ । साथै नेप्सेले धितोपत्र दलालहरुलाई स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्नसमेत अनुराेध गरेको छ ।

‘सूचीकृत कम्पनीहरुले सूचीकरण नवीकरण वार्षिक शुल्क विद्युतीय माध्ययमबाट भुक्तानी गर्न र त्यसको जानकारी इमेलमार्फत पठाउन सक्छन्,’ नेप्सेले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

सूचीकरणको जानकारी पनि इमेलमार्फत नै पठाउन सकिने उसले जनाएकाे छ ।

यसैगरी संस्थापक शेयरको कारोबार गर्न गराउन सम्पूर्ण कागजात संकलन गरेपछि मात्र नेप्सेमा पेश गर्न, सूचीकृत कम्पनीको नविकरण शुल्क, सूचीकरण सम्झौता अनुसारका विवरण लगायतका कागजातहरु इमेलबाट पठाउन सकिने पनि उसले जनाएकाे छ ।

साथै नेप्सेले सदस्य दलालहरुले धितोपत्र कारोबार गराउँदा लगानीकर्ताहरुलाई अनलाइनमार्फत शेयर कारोबार गर्न गराउन निर्देशन दिएको छ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३