काठमाडौं । चिनियाँ स्मार्टफोन निर्माता साओमीको बहुप्रतिक्षित स्मार्टफोन मी टेन अल्ट्रा सम्बन्धी अनेक हल्लाहरु आए । तर अन्ततः कम्पनीले यो उत्पादनलाई औपचारिक रुपमा नै विश्वबजारमा सार्वजनिक गरेको छ ।
साओमीले प्रेस विज्ञप्ति तथा ट्वीटको सिरिजमार्फत यो बहुप्रतिक्षित ह्याण्डसेटका मूख्य फिचरहरुको खुलासा गरेको हो । ‘तपाईंले मी टेन अल्ट्रामा भएको जुनसुकै विषय अन्दाज गर्न सक्नुहुन्छ,’ कम्पनीले भनेको छ ।

यो डिभाइसमा सबैभन्दा हाइलाइट गरिएको फिचर भनेको यसमा रहेको १२० वाट वायर्ड फास्ट चार्जिङ सपोर्ट हो । यसमा ४५०० एमएएच क्षमताको ब्याट्री राखिएको छ ।
यो चाहिँ सामसङ ग्यालेक्सी एस २० प्लसमा राखिएको ब्याट्री समान नै हो । साओमीले दाबी गरेअनुसार यो मोबाइल २३ मिनेटमै फुल चार्ज हुन्छ भने ४१ प्रतिशत चार्ज हुन केवल पाँच मिनेट मात्र लाग्छ ।
For our 10th Anniversary, we’ve prepared some products tailored for this important moment!
— Xiaomi (@Xiaomi) August 11, 2020
Meet the latest member of our #Mi10Series…#Mi10Ultra! #From10ToInfinity pic.twitter.com/qYBdAyJSLe
अल्ट्रामा ५० वाटको वायरलेस फास्ट चार्जिङ सपोर्ट समेत दिइएको छ । कम्पनीले दाबी गरेअनुसार वायरलेस चार्जबाट यो फोन फुल चार्ज हुन ४० मिनेट मात्र लाग्छ । मी टेन अल्ट्रामा प्रभावशाली क्यामेरा एर्रे समेत रहेको छ ।
जसमा १/१.३२ इञ्च सेन्सर सहितको ४८ मेगापिक्सेलको प्राइमरी शूटर, १२० एक्सको हाइब्रिड जूम क्यामेरा र एटके भिडियो रेकर्डिङ क्षमता समेत रहेको छ ।
Level up your camera experience with #Mi10Ultra. #From10ToInfinity pic.twitter.com/e6axuchB3V
— Xiaomi (@Xiaomi) August 11, 2020
मोबाइलमा २० मेगापिक्सेलको अल्ट्रा वाइड क्यामेरा प्रयोग गरिएको छ, जसमा १२८ डिग्री फिल्ड अफ भ्यू र १२ मेगापिक्सेलको एउटा पोट्रेट क्यामेरा रहेको छ । १२० हर्ज रिफ्रेश रेट भएको टप नोच जस्तै देखिने ६.६७ इञ्चको एमोलेड डिस्प्ले यसमा प्रयोग भएको छ ।
जसले तपाईंलाई परम्परागत ६० हर्ज डिस्प्लेको तुलनामा निकै स्मूथ एनिमेसन र स्क्रोलिङको अनुभूति दिलाउनेछ । तर यसले केही फोनहरुमा ब्याट्री बढी खाने गरेको विषयहरु पनि आइरहेका छन् ।
साथै यसमा ८६५ स्नाप ड्रागन चिपसेट राखिएको छ, जुन अहिले बजारमा रहेका मध्ये एकदमै तीब्र मानिएका ग्यालेक्सी एस ट्वान्टी र एस ट्वान्टी अल्ट्राकै समान हो । मी टेन अल्ट्रा चीनको मूख्य भूमीमा अगस्ट १६ देखि उपलब्ध हुनेछ ।
जसको सुरुवाती मूल्य ५२९९ युआन (करिब ९१ हजार रुपैयाँ) राखिएको छ । साओमीले सँगसँगै थुप्रै अन्य प्रडक्ट समेत बाहिर ल्याएको छ ।
जसमा २० वाटको वायरलेस चार्जिङ प्याड, ५५ वाटको वायरलेस चार्जिङ स्ट्याण्ड, ३३ वाट फास्ट चार्जिङ तथा १२० हर्ज ओएलईडी डिस्प्ले युक्त रेड्मी के थर्टी अल्ट्रा फोन, मी टीभी लक्स नाम गरिएको अल्ट्रा थिन ओएलईडी टीभी र नाइनबोट गोकार्ट प्रो ल्याम्बोर्गिनी संस्करण नाम दिएको एउटा गोकार्ट रहेको छ ।
एजेन्सीको सहयोगमा ।
पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३
