काठमाडौं । तपाईंलाई फोनमा थुप्रै एप इन्स्टल गर्नुपर्ने हुन्छ, ईमेल चेक गर्नुपर्छ, गूगल सर्च गर्नुहुन्छ । यी सबै आवश्यकताका लागि तपाईंलाई इन्टरनेटको आवश्यकता पर्छ ।
स्मार्टफोनको उचित अर्थात भरपुर प्रयोग त्यतिखेर हुनसक्छ, जतिखेर त्यसमा इन्टरनेट कनेक्सन हुन्छ । अहिलेको समयमा उच्च गतिको इन्टरनेट आवश्यकताको विषय बनिसकेको छ ।
हाई स्पीड इन्टरनेटका लागि स्मार्टफोन निर्माता कम्पनीहरु लगातार रुपमा आविष्कारमा जुटेका छन् । यस्तैमा अब चिनियाँ स्मार्टफोन ब्राण्ड ओप्पो आफ्नो भविष्यको स्मार्टफोनमा लाइट फिडेलिटी अर्थात लाईफाई प्रविधि उपलब्ध गराउने योजनामा छ ।
फोनको लागि पेटेन्ट प्राप्त
रिपोर्ट अनुसार कम्पनी लाईफाई प्रविधियुक्त स्मार्टफोन ल्याउँदैछ । ओप्पोले लाइट सेन्ट्रिक कनेक्टिभिटी सपोर्ट गर्ने फोनका लागि हालै पेटेन्ट समेत लिइसकेको बताइएको छ ।
तस्वीरः लेट्सगो डिजिटल
यद्यपी यो प्रविधि आएको कयौं वर्ष भइसकेको छ । तर हालसम्म कसैले पनि यसको क्षमतामाथि वास्तवमा काम भने गरेका छैनन् । ओप्पो भने अब यसैमा एक दाउ लगाउने भएकाे छ ।
के हो लाईफाई प्रविधि ?
लाईफाई एक यस्तो विशेष प्रविधि हो, जसमा लिडको सहयोगमा डेटा ट्रान्सफर हुने गर्दछ । यसको रोचक विशेषता के छ भने लाइटको स्रोत एकदमै डिम हुँदा यो प्रविधिले काम गर्दछ ।
लाइट यतिसम्म कम भइदिन्छ कि मानिसको आँखाले देख्न समेत सक्दैन । त्यसैले नै यसलाई वाईफाई प्रविधिभन्दा सुरक्षित मानिएको छ ।
तस्वीरः लेट्सगो डिजिटल
वाईफाई मोडेमभन्दा एकदमै अलग रुपमा यो स्मार्टफोनको बाहिरपट्टी लगाइन्छ । यो प्रविधिले १० जीबी प्रतिसेकेन्ड गतिमा डेटा ट्रान्सफर गर्नका लागि एलईडी बल्ब तथा लाइट स्पेक्ट्रम प्रयोग गर्दछ ।
विद्युत पहुँच पुगेका तर फाइबर इन्टरनेट नपुगेका क्षेत्रहरुमा इन्टरनेट पुर्याउन यो प्रविधि उपयोगी हुनसक्ने अन्दाज समेत गरिँदै आएको छ ।