close

टिकटकका सीईओ केभिनले दिए राजीनामा

टेकपाना टेकपाना

भदौ ११, २०७७ १८:९

टिकटकका सीईओ केभिनले दिए राजीनामा

काठमाडौं । टिकटकका सीईओ केभिन मेयरले आफ्नो पदबाट राजीनामा दिएका छन् । तीन महिनाको छोटो कार्यकालमै केभिनले पदबाट राजीनामा दिएका हुन् । 

आफ्नो कारोबारमाथि प्रतिबन्ध लगाएको आरोपमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पमाथि मूद्दा दायर गरेको केही दिनमै केभिनले यस्तो कदम उठाएका हुन् । 

केभिन मेयर अमेरिकी नागरिक हुन् । केभिनको राजीनामासँगै कम्पनीले अमेरिकी जनरल म्यानेजर भानेस्सा पप्पासलाई अन्तरिम सीईओको रुपमा नियुक्त गरेको छ । पप्पास सन् २०१९ मा अमेरिकी जनरल म्याेजरको रुपमा टिकटकमा आबद्ध भएकी थिइन् । 

केभिन गत जुन १ मा टिकटकमा सीईओको रुपमा प्रवेश गरेका थिए । कम्पनीमा आउनु अघि उनी वाल्ट डिज्नी कम्पनीको डीआईएसएन टप स्ट्रिमिङ एक्जिक्युटिभ थिए । 

टिकटकले आफ्नो ईमेल वक्तव्य मार्फत केभिनको राजीनामा पुष्टि गर्नुका साथै पप्पासको अन्तरिम मनोनयनको घोषणा गरेको हो । बाइटड्यान्सका संस्थापक तथा सीईओ झाङ यिमिङले टिकटकले विश्वभर सामना गरिरहेको मुद्दा (विशेषगरी अमेरिका र भारतमा)  त्यसको हल चाँडै निकाल्न लागि परेको बताएका छन् ।   

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३