close

युट्युवले हटायो एआईको प्रयोग गरी एक करोड आठ लाख भिडियो

टेकपाना टेकपाना

भदौ १३, २०७७ ८:४

युट्युवले हटायो एआईको प्रयोग गरी एक करोड आठ लाख भिडियो

काठमाडौं । पछिल्लो एक वर्षमा यूट्युव, फेसबुक, ट्वीटरजस्ता समाजिक सञ्जालहरूलाई फेक कन्टेन्ट वा गलतले हैरानी पारिरहेकाे छ । पछिल्लो समय युट्युवले भने आर्टिफिसियल इन्टेलिजेन्सको भरपुर सहयोग लिई कम्पनीको नीति विरुद्द अपलोड भएका भिडियो हटाउन थालेको छ ।

विश्वकै सबैभन्दा ठूलो भिडियो प्लेटफर्मको रुपमा रहेको युट्युवले यस वर्षको दोस्रो त्रैमासिक अवधि (अप्रिलदेखि जुनसम्म) मा एक करोड १४ लाख भिडियाहरु हटाएको हो । यसमध्ये एआई प्रयोग गर्दै एक कराेड ८ लाख भिडियाे हटाइएकाे युट्युवले जनाएकाे छ ।

कम्पनीले घरबाटै काम गरिरहेका आफ्ना कर्मचारीलाई भिडियो हटाउन कुनै दबाब दिएन । बरू कम्पनीको नीति अनुसार हानिकारक भिडियाेलाई एआईको प्रयोग गरी स्वतः हटाउन कम्पनी सफल भयाे ।

भिडियोका बारेमा प्राप्त उजुरी र आफैँले गरेको मूल्याङ्कनका आधारमा ती भिडियोहरू हटाउनुपरेको कम्पनीले स्पष्ट पारेको छ ।

कम्पनीले यसअघि सन् २०१९ मा ९० लाखभन्दा कम भिडियोहरू मात्रै हटाएको थियो । अघिल्लो वर्षको तुलनामा यस वर्ष अत्यधिक धेरै भिडियोहरू हटाउनुपरेको कम्पनीको तथ्याङ्क छ ।

बाल सुरक्षा, स्पाम, हिंसालाई भड्काउन नदिनेतर्फ कम्पनी सचेत रहेको पनि वक्तव्यमा जनाइएको छ । लोकप्रिय समाजिक सञ्जालको रुपमा दिनप्रतिदिन मानिस बढ्दै गएसँगै विकृति र दुरुपयोग पनि बढेको भन्दै आलोचना बढेपछि युट्युबले आफ्नो मापदण्ड र निर्देशिकालाई पनि कडा बनाउँदै लगेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०