close

के हो सामाजिक सञ्जालमा भाइरल प्रहरी दुर्व्यवहारको वास्तविकता ?

टेकपाना टेकपाना

भदौ १३, २०७७ १३:३३

के हो सामाजिक सञ्जालमा भाइरल प्रहरी दुर्व्यवहारको वास्तविकता ?

केही दिन यता सामाजिक सञ्जालमा सडक पेटीमा सुतिरहेको एकजना युवालाई प्रहरी कर्मचारीले गरेको दुर्व्यवहारको भिडियो भाइरल भइरहेको छ । उक्त भिडियोको पोस्ट, शेयर र कमेन्टमा धेरैजसो प्रयोगकर्ताले प्रहरीको त्यस किसिमको व्यवहारको खरो रुपमा आलोचना गरेका छन् ।

धेरै मानिसहरुले प्रहरीलाई नै मेन्सन गर्दै गम्भीर रुपमा प्रश्न समेत उठाएका छन् । सर्वत्र रुपमा सामाजिक सञ्जालमा आफ्नो आलोचना हुन थालेपछि प्रहरीले सार्वजनिक रुपमा नै आफ्नो स्पष्टीकरण दिन बाध्य भएको छ ।

सडकपेटीमा बस्ने युवामाथि पानी खन्याउँदै महिला प्रहरी

भिडियोमा प्रहरी कर्मचारीले सडकपेटीमा युवामाथि पानी खन्याउँदै लाठीले अपमानपूर्वक खेदेको देखिन्छ । यहाँनिर सडकपेटीमा बस्ने मानिसहरुको समेत मानवअधिकार हुन्छ भन्ने सामान्य कुरा समेत प्रहरी कर्मचारीले ख्याल राखेको देखिँदैन ।

शनिबार उक्त भिडियोमा आफ्नो ध्यानाकर्षण जनाउँदै प्रहरीले उक्त घटना गत वैशाख २५ गतेको भएको जनाएको छ । काठमाडौंको माछापोखरीका बासिन्दाहरुले उक्त भिडियोमा भएका व्यक्तिले अपशब्दहरु प्रयोग गर्दै होहल्ला गरेर हैरानी दिएको र स्थानीय बासिन्दाले हटाउन नसकेपछि प्रहरीमा खबर गरेको बताइएको छ ।

Image

त्यसपछि प्रहरीले उक्त व्यक्तिलाई त्यहाँबाट हटाउन खोज्दा प्रहरी कर्मचारीमाथि समेत अपशब्द बोल्दै अभद्र व्यवहार गरी त्यहाँबाट जान नमानेको प्रहरी दाबी छ । ‘उक्त व्यक्तिलाई त्यहाँबाट हटाउने क्रममा त्यस किसिमको अवस्था सिर्जना हुन गएको व्यहोरा सुचित गराउन चाहन्छौं, ‘ प्रहरीद्धारा जारी ध्यानाकर्षणमा उल्लेख छ ।

प्रहरीले आफ्नो स्पष्टीकरणमा घटनाको सन्दर्भ उल्लेख गरे पनि आफ्नो त्यस किसिमको दुर्व्यवहारयुक्त कार्यको भने बचाउ गरेको देखिन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०