काठमाडौं । एप्पलको बहुप्रतिक्षित स्मार्टफोन आईफोन ट्वेल्भ सार्वजनिक हुने विषयमा विभिन्न चर्चा चलिरहेका छन् । यसैबिच आईफोन ट्वेल्भ सिरिजका नयाँ फोन आउँदो अक्टोरबरको अन्त्यतिर सार्वजनिक हुने जानकारी बाहिरिएको छ ।
ट्रेन्ड फोर्सको रिपोर्ट अनुसार प्रिमियम सिरिजको उत्पादनको रुपमा आईफोन ट्वेल्भ सिरिजका फोन यही अक्टोबरमा सार्वजनिक हुनेछन् । जसमा आईफोन ट्वेल्भ, आईफोन ट्वेल्भ म्याक्स, आईफोन ट्वेल्भ प्रो र आईफोन ट्वेल्भ प्रो म्याक्स समावेश छन् ।
यसअघि यो फोन सेप्टेम्बरमा सार्वजनिक हुने उल्लेख गरिएको थियो । तर, कोरोनाका कारण स्मार्टफोन उत्पादन ढिलाइ हुँदा सार्वजनिक हुने मितिमा परिवर्तन भइरहेको छ ।
फाइभजी फोनको रुपमा बजारमा आउने फोनमा ए १४ प्रोसेसर र एमोलेड डिस्प्ले रहने छ । आकर्षण डिजाइन र उत्कृष्ट प्रविधिको संयोजनको रुपमा हेरिएको यो फोनमा फेस आईडी लक सुविधा पनि उपलब्ध हुनेछ ।
आईफोन ट्वेल्भ र आईफोन ट्वेल्भ म्याक्समा दुई वटा रियर क्यामेरा हुनेछन् । साथै आईफोन ट्वेल्भ प्रो र आईफोन ट्वेल्भ प्रो म्याक्समा १२ मेगापिक्सल सेन्सर सहितको तीनवटा रियर क्यामेर रहने बताइएको छ ।
रिपोर्टका अनुसार आईफोन ट्वेल्भको मूल्य ६९९ देखि ७४९ अमेरिकी डलर पर्नेछ । त्यस्तै आईफोन ट्वेल्भ म्याक्सको मूल्य ७९९ देखि ८४९ अमेरिकी डलर, आईफोन ट्वेल्भ प्रोको मूल्य १०४९ देखि १०९९ अमेरिकी डलरको बिचमा हुनेछ । साथै आईफोन ट्वेल्भ प्रो म्याक्सको मूल्य ११४९ देखि ११९९ अमेरिकी डलरको बिचमा हुने उल्लेख गरिएको छ ।