close

नोकिया ३३१० को २० वर्षे यात्रा, यस्ता छन् केही रोचक तथ्य

टेकपाना टेकपाना

भदौ १७, २०७७ १५:१५

नोकिया ३३१० को २० वर्षे यात्रा, यस्ता छन् केही रोचक तथ्य

काठमाडौं । नोकिया ३३१० लाई तपाईं कसरी सम्झिनु हुन्छ ? सायद हामी धेरैले मोबाइल फोनको पहिलो अनुभव यही मोबाइलसँगै साटेका छौं ।

त्यो पनि भएन ‘स्नेक गेम’ त पक्कै सम्झनु हुन्छ । अझ भएन, स्मार्टफोनको चार्ज छिट्टै सकिँदा चार्ज टिक्ने भनेको त नोकियाको ३३१० नै थियो भन्छौं होला ।

फोनले कसैको ज्यान समेत जोगाएको घटानाले पनि यसलाई अझ धेरै चर्चित बनाएको छ । मोबाइल फोन आफ्नो शटको खल्तीमा बोकेर हिड्दा बुलेट अर्थात गोली त्यसमा लाग्दा अफगानिस्तानमा एक व्यक्तिको ज्यान जोगिएको थियो ।

त्यसपछिका दिनमा यो फोनलाई सबै भन्दा बलियो फोनको रुपमा पनि हेरिएको थियो । हुन पनि हो हाम्रै हातबाट पनि हजारौं पटक भुईंमा खस्दा नफुटेको अनुभव हामीसँगै छ ।

यती धेरै मीठा सम्झना जोडिएको नोकिया ३३१० ले २० वर्षको यात्रा पुरा गरेको छ । यो फोन सन् २००० सेप्टेम्बर १ तारिखका दिन सार्वजनिक भएको थियो ।

यो २० वर्षको अवधिमा स्मार्टफोन उद्योग सबैभन्दा बढी फस्टाएको छ । तर, पनि उक्त फोनको फिनिसिङलाई आझ पनि सबैले सम्झिरहेका छन् ।

त्यसैले यहाँ तपाईंहरुलाई नोकिया ३३१० सँग जोडिएको केही तथ्य प्रस्तुत गर्दैछौं :

नोकिया ३३१० को डिजाइन डेनमार्कमा भएको थियो

नोकिया ३३१० को फिनिसिङ पनि सधैं सम्झानामा रहने खालको थियो । आकर्षक देखिने यो फोनको डिजाइन नोकियाले डेनमार्कमा गराएको थियो ।

तर, यसको उत्पादन भने फिनल्याण्ड र हंगेरीमा भएको हो । ‘डब्लूएपी’ मा आधारित साइट खुल्ने फीचर, विस्तारित फोनबूक पनि यसको अर्को पक्ष हो । यसमा पहिलो पटक नोकियाले १०० वटा नम्बर सेभ गर्न सकिने सुविधा उपलब्ध गराएको थियो ।

स्नेक टु : लेजेन्ड्री गेमिङ
How the Iconic “Snake” Game was Created for Nokia Phones? - TabbloidX

नोकिया ३३१० पेरिस टु, स्पेस इम्प्याक्ट, ब्यान्टुमी र स्नेक टु गरी चार गेम सहित आएको थियो । त्यसमध्ये पनि स्नेक टु सबैलाई लोभ्याउने गेमको रुपमा स्थापित हुन पुग्यो । यो गेम सन् २०१२ मा आएर पुनः चर्चामा आएको थियो ।

कारण यो स्नेक टु स्मार्टफोनका लागि विकास गरिएको थियो । तर, यो गेम स्मार्टफोनमा खेल्नु भन्दा किप्याडसँग खेल्नुको अनुभव सँधै यादगार रह्यो ।

वालपेपर परिवर्तन गर्न सकिने सुविधा

आज स्मार्टफोनमा हामी सहजै आफ्नो मोबाइलको वालपेपर परिवर्तन गर्छौं । त्यतिमात्रै नभएर हामीसँग स्मार्टफोनमा धेरै कुरा आफूले चाहे जस्तै बनाउन सकिने सुविधा छ । यस्तै केही सुविधा नोकिया ३३१० ले उहिल्यै प्रयोगकर्तामाझ उपलब्ध गराएको थियो ।

मोबाइलको वालपेपर परिवर्तन गर्न सकिने सुविधा यो फोनमा थियो । यो फिचरले सन् १९९८ मा आएको नोकिया ५११० लाई ओझेल पार्न सफल भएको थियो ।

फिनल्याण्डको राष्ट्रिय ईमोजी

ईमोजी भन्दा हामीले फेसबुक लगायतका समाजिक सञ्जलामा उपलब्ध लभ, खुशी, हाँसो, मुस्कुराहट लगायतका ईमोजी सम्झन्छौं । हुन पनि त्यही हो । तर, फिनल्याण्डले भने आफ्नो देशका लागि बनाएको यस्ता ईमोजीमा नोकिया ३३१० लाई समावेश गरेको छ ।

उक्त ईमोजिमा नोकिया ३३१० लाई ‘अनब्रेकेवल’ अर्थात कहिलै नटुट्ने सन्देशको रुपमा प्रस्तुत गरिएको छ । फिनल्याण्डमा कसैले कुनै साथीलाई आफ्नो सम्बन्ध अटुट छ भन्नु पर्‍यो र त्यसलाई व्यक्त गर्न ईमोजी प्रयोग गर्नु पर्‍यो भने नोकिया ३३१० को इमोजी पठाउने गरिन्छ । – एजेन्सी

याे पनि पढ्नुहाेस : अझैं पनि मानिसहरु किन किनिरहेका छन् फिचर फोन ?

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०