close

भिभोको नयाँ आविष्कार, अब स्मार्टफोनले स्वचालित रुपमा फेर्नेछ आफ्नो कलर

टेकपाना टेकपाना

भदौ १९, २०७७ २३:२

भिभोको नयाँ आविष्कार, अब स्मार्टफोनले स्वचालित रुपमा फेर्नेछ आफ्नो कलर

काठमाडौं । चिनियाँ कम्पनी भिभोले एक नयाँ कन्सेप्ट डिभाइस सार्वजनिक गरेको छ । कम्पनीले फोनको क्यामेरा र स्क्रीनमा बदलाव ल्याउनुको साटो यसको डिजाइनमा नयाँ आविष्कार गरेको छ।

चिनियाँ कम्पनी भिभोले एक नयाँ कन्सेप्ट डिभाइस सार्वजनिक गरेको छ । कम्पनीले फोनको क्यामेरा र स्क्रीनमा बदलाव ल्याउनुको साटो यसको डिजाइनमा नयाँ आविष्कार गरेको छ।

कम्पनीले यो नयाँ आविष्कारलाई फोनको सुन्दरता बढाउनमा समेत प्रयोग गर्न सक्छ । कलर बदलिने ग्लासको फंसनल फाइदा पनि छन् । नोटिफिकेसनका लागि प्रयोग हुन सक्छ, यो प्रविधिः जीएसएमएरेनाको रिपोर्टमा चिनियाँ सामाजिक सञ्जाल वाइबोमा एक भिडियो शेयर गरिएको छ ।

भिडियोमा कन्सेप्ट डिभाइसको पछाडि पट्टीको भाग पूर्णतः इलेक्ट्रोक्रोमिक ग्लासबाट बनाइएको देखिन्छ । जसले फोनलाई इलेक्ट्रोनिक रुपमा नै कलर बदल्नमा सहयोग गर्दछ । भिडियोमा देखाइए अनुसार निलो कलरको शेड वाला डिभाइस आफसेआफ सेतो कलरको भइरहेको हुन्छ ।

रिपोर्टअनुसार कम्पनीले सुरुवाती रुपमा यसको प्रयोग नोटिफिकेसन फीचरका लागि गर्नेछ । यसैगरी फोनको कलर शिफ्टिङ विशेषताको प्रयोग कल, म्यासेज, एप नोटिफिकेसन र अन्य नोटिफिकेसनको बारेमा प्रयोगकर्तालाई सूचित गर्नका लागि समेत हुनसक्छ ।

यस बाहेक यसलाई थिम अनुसार कलर बदल्ने बनाउन सकिन्छ । यसमा ध्यान दिनुपर्ने कुरा के छ भने फोनको पछाडि भागमा केवल यसको पारदरर्शिता मात्र बदलिन्छ, तर वास्तविक कलर भने फेरिँदैन । त्यसैले एउटै कलरलाई पनि विभिन्न स्तरमा बदल्न सम्भव हुनेछ ।

यो प्रविधिमाथि वान प्लसको खोज

भिभो पहिलो कम्पनी भने होइन, जो यो प्रविधिमा काम गरिरहेको छ । वानप्लसले आफ्नो कन्सेप्ट वान डिभाइसका लागि एक इलेक्ट्रोक्रोमिक ग्लास कभर विकास गर्नका लागि म्याकलरेनसँग साझेदारी गरेको छ ।

भिभोको विवरित वानप्लसले पुरा रियर प्यानलको साटो फोनमा रियर क्यामेरा लुकाउनका लागि काँचको एक सानो पट्टीको उपयोग गरिरहेको छ ।

परीक्षणको क्रममै छ यो प्रविधि

भिभोका अनुसार वर्तमानमा ब्याट्री लाइफ र पर्फर्मेन्समा यो प्रविधिको प्रभाव हेर्नका लागि परीक्षण भइरहेको छ । यदि सबै विषय सही रहेको खण्डमा भिभोले आउँदो वर्षसम्म प्रिमियम फोनसहित यो प्रविधि सार्वजनिक गर्न सक्छ ।

आउँदो सीईएस (अमेरिकामा आयोजना हुने कम्जुमर इलेक्ट्रोनिक्स शो) मा नेक्स सीरिजको फ्ल्यागशिप डिभाइसमा कलर शिफ्टिङ ग्लास देख्न सकिनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०