close

एप्पल वाचमा फेरि उपलब्ध भयो गूगल म्याप, यसरी गर्नुहोस् प्रयोग

टेकपाना टेकपाना

भदौ २५, २०७७ ९:३

एप्पल वाचमा फेरि उपलब्ध भयो गूगल म्याप, यसरी गर्नुहोस् प्रयोग

काठमाडौं । गूगल म्याप पुन: एप्पल वाचमा उपलब्ध हुने भएको छ । यसअघि सन् २०१५ मा एप्पल वाचमा गूगल म्याप्स उपलब्ध थियो, तर २०१७ पछि एप्पल वाच एप स्टोरबाट यो एप डाउनलोड गर्न मिल्दैनथ्यो ।

एप्पल वाचमा गूगल म्यापले एक पछि अर्काे डिरेक्सन प्रदान गर्नुका साथै अनुमानित आगमन समयकाे जानकारी दिन्छ । एपको प्राइमेरी स्क्रीनले तपाईंको करेन्ट ट्रिप (वर्तमान यात्रा) देखाउँछ जहाँ तपाईंको ‘ट्राभल टाइम’काे सूची हुन्छ । प्रयाेगर्कताले एपमै घर, अफिस र अन्य सर्टकर्ट र डेस्टिनेशन सेभ गर्न सक्छन् ।

तपाईंले डिभाइसमा सिधै नयाँ लोकेशन इनपुट गर्न सक्नुहुँदैन । आफ्नो वाचमा सेभ नगरिएका ठाउँमा सहज यात्राका लागि तपाईंले आफ्नो फोनमार्फत् एप्पल वाचमा नेभिगेसन जारी राख्नुपर्छ ।

त्यसैगरी एपमा लाइभ म्याप देख्न सक्नुहुन्न भने एप्पल वाचमा याे फीचर चलाउन आईफोनसँग स्थीर रूपमा कनेक्टेड हुनुपर्छ ।

यसकारण एप्पल वाचका लागि गूगल म्याप अझै पर्याप्त त छैन । तर एप्पल वाचको विकल्प खोजिरहेका प्रयोगकर्ताले भने केही नयाँपन पाउनेछन् ।

एप्पल वाचमा नयाँ एप इन्स्टल गर्न सबैभन्दा पहिले आईफोनबाट गूगल म्याप को पछिल्लो संस्करण ५.५२ अपडेट गर्नुपर्छ । एप स्टोरबाट डाउनलोड गर्न यो लिंक क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०