close

ह्याकरबाट जोगिन यसरी पहिचान गर्नुहोस् स्पाम ईमेल

टेकपाना टेकपाना

भदौ २५, २०७७ १०:५९

ह्याकरबाट जोगिन यसरी पहिचान गर्नुहोस् स्पाम ईमेल

काठमाडौं । कतै कसैले मेरो व्यक्तिगत जानकारी, डेटा आदि कसैले चोर्ने कोसिस गरिरहेको त छैन ? यदि तपाईं इन्टरनेटमा सक्रिय रहनुहुन्छ भने पक्कै पनि प्रायः सधैंजसो यस किसिमको डरले तपाईंलाई सताइरहेको हुन्छ ।

त्यसो त निशाना साँधेर इन्टरनेट प्रयोगकर्तालाई फसाउन यस्ता स्क्यामर तथा ह्याकरहरु कयौं संख्यामा सक्रिय भइरहेका हुन्छन् । त्यसका लागि उनीहरुले धेरैजसो झुक्याउने किसिमका स्पाम ईमेलको प्रयोग गर्ने गर्दछन् ।

यदि तपाईंले आफ्नो ईमेल बक्स चेक गर्नुभयो भने त्यसमा दुई चार वटा त्यस्ता ईमेल पक्कै पनि फेला पार्नुहुनेछ । त्यसैले आजको इन्टरनेट दुनियाँमा ठगी र झुक्यानबाट जोगिनका लागि तपाईंले सही ईमेल र स्पाम ईमेल छुट्याउन एकदमै जरुरी छ ।

त्यसो गर्न सकेको खण्डमा मात्रै तपाईंले आफूलाई सुरक्षित राख्न सक्नुहुनेछ । आज हामी तपाईंलाई स्पाम ईमेल कसरी पहिचान गर्ने भन्ने विषयमा केही टिप्स दिँदै छौं ।

ईमेल आईडी चेक गर्नुहोस्

आफूलाई अपरिचित ईमेल प्राप्त भएको छ भने त्यसलाई खोल्नु अघि त्यसको ईमेल आईडी सही हो कि होइन भनेर पहिचान गर्नुपर्ने हुन्छ । सुरुमा ईमेल डोमेन जाँच गर्नुहोस् । किन भने कुनै पनि आधिकारिक कम्पनीले @gmail.com जस्ता सार्वजनिक ईमेल डोमेन प्रयोग गर्दैनन् ।

फेक ईमेल भेरिफाई गर्नुहोस्

यदि तपाईंलाई कुनै आधिकारिक कम्पनीको ईमेल आउँछ भने अफिसियल डोमेनमा मेल बाई, सेन्ड बाइ अथवा इन्क्रिप्सन जस्ता अप्सनहरु रहेका हुन्छन् । त्यसलाई तपाईं सेन्डर अर्थात ईमेल पठाउनेको ईमेल एड्रेससँगै रहेको तलतर्फ फर्किएको एरोमा क्लिक गरेर हेर्न सक्नुहुन्छ ।

ईमेलको लिङ्क चेक गर्नुहोस्

सामान्यतयाः स्पाम ईमेल सामान्यतयाः लिङ्क सहित आउने गर्दछन् । जसमा तपाईंलाई उक्त लिङ्कमा क्लिक ग र्न भनिएको हुन्छ । यस किसिमको प्रयास मुख्यगरी डेटा चोरी गर्नका लागि हुने गर्दछ । त्यसैले यस्ता ईमेलको लिङ्कमा क्लिक गर्नु अघि आफ्नो कर्सरलाई त्यसको माथि लैजानुहोस् ।

त्यसको केही बेरमा तपाईंलाई स्क्रिनको बायाँतर्फको कुनामा एक लिङ्क देखा पर्नेछ । जसबाट तपाईंले त्यसभित्रको वास्तविक लिङ्क थाहा हुनेछ । यसरी तपाईं मेलिसियस, फेक लिङ्क वा वेबसाइटको माध्यमबाट आफूलाई फसाउने कोसिस भएको पत्ता लगाउन सक्नुहुनेछ ।

भाषा र व्याकरण जाँच गर्नुहोस्

फिशिङ ईमेल पहिचान गर्न सबैभन्दा सजिलो तरिका भनेकै यसमा ईमेलको भाषा सही हुँदैन । ग्रामर र स्पेलिङसम्बन्धि अनेकौं गल्ति यस्ता ईमेलमा हुने गर्दछन् । यदि तपाईंले यस किसिमका गल्ति तथा भाषागत कमजोरी देख्नु भयो भने त्यो स्पाम हुनसक्ने अन्दाज लगाउन सक्नुहुन्छ ।

सब्जेक्ट चेक गर्नुहोस्

स्पामरहरुले ईमेलको माध्यमबाट प्रयोगकर्तालाई एक किसिमको डर देखाउने कोसिस गर्दछन् र तुरुन्त लिङ्कमा क्लिक गर्न भनिरहेका हुन्छन् ।

त्यसमा तपाईंको खाता सस्पेण्ड गरिएको छ वा तपाईंको खातामा अननोन डिभाइसबाट लगईनको प्रयास भएको छ भन्ने जस्ता सन्देश हुन्छन् । त्यसैले यस किसिमका म्यासेज भएका ईमेलहरु ठगीका लागि पठाइएका हुनसक्छन् भन्नेमा सचेत रहनुहोस् ।

अट्याचेमन्ट चेक गर्नुहोस्

ठगी गर्ने उद्देश्यका साथ पठाइएका स्पाम ईमेल अक्सर अट्याचमेन्ट सहित आउने गर्दछन् । त्यसैले आधिकारिक व्यक्ति वा संस्थाबाट ईमेल आएको यकिन नगरी ईमेलमा रहेका अट्याचमेन्टमा क्लिक नगर्नुहोस् ।

स्पामरहरुले पठाउने अट्याचमेन्टमा मेलिसियस फाइल हुने गर्दछन् । जसले तपाईंको कम्प्युटरलाई क्षति पुर्‍याउनुका साथै त्यसमा भाइरस घुसाउन सक्दछन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०