close

आईप्याड एट्थ जेनेरेसन सार्वजनिक, एन्ड्रोइड ट्याब्लेट भन्दा तीन गुणा शक्तिशाली !

टेकपाना टेकपाना

भदौ ३०, २०७७ ०:५१

आईप्याड एट्थ जेनेरेसन सार्वजनिक, एन्ड्रोइड ट्याब्लेट भन्दा तीन गुणा शक्तिशाली !

काठमाडौं । एप्पलले मंगलबार एट्थ जेनेरेन आईप्याड सार्वजनिक गरैको छ । कम्पनीकाे इन्ट्री लेभलको आईप्याडकाे रूपमा आएको यसमा १०.२ इन्चकाे रेटिना डिस्प्ले छ भने शक्तिशाली बायाेनिक ए ट्वेल्भ चिपसेट प्रयोग गरिएको छ ।

शक्तिशाली चिपकै कारण आईप्याड एट्थ जेनेरेसन अहिलेका धेरै बिक्री हुने एन्ड्रोइड ट्याब्लेटको तुलनामा तीनगुणा राम्रो पर्फरमेन्स दिने दाबी कम्पनीले गरेको छ ।

साथै दिनभरी ब्याट्री टिकाउ हुने विशेषताका साथै थप गुणस्तरीय क्यामेरा सेटअप सहित आईप्याड एट्थ जेनेरेसन सार्वजनिक भएकाे छ ।

यो आईप्याडको मूल्य ३२९ डलर राखिएको छ । एजुकेशन कस्टमरका लागि यो २९९ डलरमै उपलब्ध हुने जनाइएको छ । आगामी शुक्रबारदेखि यो नयाँ आईप्याड खरिद गर्न सकिने कम्पनीले उल्लेख गरेको छ ।

कम्पनीले मंगलबार नै नयाँ डिजाइनसहित तयार पारिएको आईप्याड एयर पनि सार्वजनिक गरेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०