close

खाद्य संस्थानका सामानको भुक्तानी अब ‘खल्ती’ बाटै

टेकपाना टेकपाना

असोज ७, २०७७ १७:१५

खाद्य संस्थानका सामानको भुक्तानी  अब ‘खल्ती’ बाटै

काठमाठौं । खल्ती डिजिटल वालेट प्रयोग गर्ने ग्राहकले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडबाट खरिद गरेको खाध्यान्न लगायतका सामग्रीको भुक्तानी मोबाइल वालेटबाटै गर्न सक्ने भएका छन् ।

ग्राहकले कम्पनीको वेवसाइटमा गएर आवश्यक सामग्री किनमेल गरिसकेपछि भुक्तानी गर्ने बेला खल्ती विकल्प छनौट गर्नु पर्ने छ । त्यसपछि मोबाइल वालेटबाटै भुक्तानी गर्न सकिने छ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चामल, दाल, कर्णालीको सिमी, गेडागुडी, दुग्ध विकास संस्थानको घ्यु, स्यानिटाइजर, इन्डक्सन चुलो लगायतका सामग्री बिक्री गर्दै आएको छ ।

कम्पनीले अनलाइनमा अर्डर लिएर काठमाडौं उपत्यकामा चक्रपथभित्र होम डेलिभरी समेत दिँदै आएको छ ।

खल्ती वालेटको प्रयोग गरी मोबाइल रिचार्ज, बिजुली र पानीको बिल भुक्तानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म टिकेटिङ, प्लेन टिकेटिङ, इभेन्ट्स टिकेटिङ, होटेल रुम बुकिङ गर्ने, ईकमर्समार्फत किनिएको सामानको भुक्तानी गर्ने, दैनिक पत्रिकाहरुको ग्राहक शुल्क तिर्ने जस्ता धेरै सेवाहरु लिन सकिन्छ ।

खल्तीका प्रयोगकर्ताहरुको संख्या १३ लाखभन्दा बढि छ । याे एप गुगल प्ले स्टोर, एप्पल एप स्टोर र खल्ती डटकमबाट डाउनलोड गरि उपलब्ध सबै सेवाहरुको अनलाइन भुक्तानी गर्न सकिन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०