काठमाडौं । रिलायन्स जिओले भारतमै पहिलो पटक इन फ्लाइट (हवाई जहाजमा) इन्टरनेट सेवा दिन सुरु गरेको छ । भारतकै ठूलो दूरसञ्चार कम्पनी जिओले पानासोनिक एभोन्सिस कर्पोरेसनको सब्सिडरी कम्पनी एरोमोबाइलसँगको सहकार्यमा हवाईजहाजमा इन्टरनेट दिन सुरु गरेको हो ।
यो सेवा जिओका पोस्टपेड प्रयोगकर्तालाई विदेश यात्रा गर्दाको बखत प्राप्त हुनेछ । जसमार्फत जिओका प्रयोगकर्ताहरु सस्तोमा भ्वाइस र डेटामार्फत सम्पर्कमा रहन सक्नेछन् ।
जिओले यस्तो सेवा दिनका लागि २२ वटा अन्तर्राष्ट्रिय एयरलाइन्ससँग सहकार्य गरेको छ । रिलायन्स जिओको जिओ पोस्टपेड प्लस सार्वजनिक भएको दुई दिन लगत्तै यो घोषणा आएको हो ।
‘यो इन फ्लाइट सर्भिस भारतीयहरुका लागि विदेश उडाउनका दौरान उपलब्ध हुनेछ । भारतको हवाई क्षेत्रमा यो सेवा उपलब्ध भएसँगै सबै जिओ ग्राहकहरुले यसमा पहुँच पाउनेछन् । त्यसबाट भारतभित्र हवाईजहाजमा रहँदाको समयमा उनीहरु सम्पर्कमा रहन सक्नेछन्,’ कम्पनीले आफ्नो विज्ञप्तिमा भनेको छ ।
रिलायन्स जिओका निर्देशक आकाश अम्बानीले भनेका छन्, ‘जिओ पोस्टपेड प्लसले दूरसञ्चार उद्योगलाई नै परिभाषित गर्ने तथा उच्च गुणस्तरीय अनुभव प्रदान गर्ने उद्देश्य सहित यो सेवा ल्याएको छ । एरोमोबाइलसँगको सहकार्यमा हामीले आकर्षक दररेटमा इनफ्लाइट रोमिङ सेवा अफर गरेका छौं ।
यो नयाँ सेवा हाम्रा ग्राहकहरुका लागि ल्याउन पाउँदा हामी अत्यन्तै हर्षित भएका छौं । यसबाट प्रयोगकर्ताहरुले २० हजार फिट माथिसम्म उच्च गुणस्तरीय र सुरक्षित रोमिङ प्राप्त गर्न सक्नेछन् ।’
इन फ्लाइट डेटा प्याकका लागि प्रयोगकर्ताले एरप्लेन मोड टूमा टर्न अफ गर्नुपर्नेछ । यसले उनीहरुको डिभाइसलाई स्वचालित रुपमा एरोमोबाइल नेटवर्कमा कनेक्ट गराउनेछ ।
यदि स्वचालित रुपमा एरोमोबाइल नेटवर्कमा कनेक्ट हुन सकेन भने प्रयोगकर्ताले आफ्नो फोनको सेटिङमार्फत क्यारियरमा गएर म्यानुअल्ली एरोमोबाइल फोर (AeroMobile 4) लाई नेटवर्कको रुपमा छनौट गर्नुपर्ने हुन्छ ।
त्यसका साथै डेटा रोमिङ समेत एक्टिभ गराउनुपर्ने हुन्छ । ‘सबै एयरलाइन्समा डेटा र एसएमएस सेवा उपलब्ध हुनेछ । यद्यपी भ्वाइस सेवा भने निश्चित एयरलाइन्समा मात्रै प्राप्त गर्न सकिनेछ,’ जिओले अगाडि भनेको छ ।
यी एयरलाइन्समा उपलब्ध हुनेछ इनफ्लाइट इन्टरनेट
- एयर लिङ्गस
- एयर सर्बिया
- अलिटालिया
- एसियन एयरलाइन्स
- विमान बंग्लादेश एयरलाइन्स
- क्याथे प्यासेफिक
- इजिप्टएयर
- इमिरेट्स
- इथियाद एयरवेज
- यूरो विङ
- ईभीए एयर
- कुवेत एयरवेज
- लुफथान्सा
- मलेसिया एयरलाइन्स
- मलिन्डो एयर
- एसएएस स्क्यान्डेभियन एयरलाइन्स
- सिङ्गापुर एयरलाइन्स
- स्विस स्विस
- टीएपी एयर पोर्चुगल
- तुर्किस एयरलाइन्स
- उज्बेकिस्तान एयरवेज
- भिरोजन एटलान्टिक
विज्ञप्तिमा एरोमोबाइलका सीईओ केभिन रोजरले भनेका छन्, ‘जिओसँग सहकार्य गर्न पाउँदा हामीले एकदमै आनन्दित महसुस गरेका छौं, जसले हाम्रो कनेक्टिभिटी सेवालाई भारतभर फैलाएको छ । यो नयाँ इन फ्लाइट रोमिङ बण्डलबाट जिओ पोस्टपेड प्लसका ग्राहकले यात्राको समयमा कनेक्टिभिटीको विषयलाई अब धेरै समयसम्म चिन्ता गर्नु नपर्ने भएको छ ।’
एजेन्सीको सहयोगमा ।
पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०
