close

फोटो शेयरिङका लागि फेसबुकभन्दा आईक्लाउड सुरक्षित

टेकपाना टेकपाना

असोज ११, २०७७ १६:२७

फोटो शेयरिङका लागि फेसबुकभन्दा आईक्लाउड सुरक्षित

काठमाडौं । तपाईंले आफ्नो स्मार्टफोनमा धेरै फोटो खिच्नु भएको होला । पक्कै पनि ती तस्वीर साथीभाइ तथा परिवारहरुसँग शेयर गर्न चाहनुहुन्छ । 

धेरै मानिसले आफ्नो फोटो शेयर गर्न फेसबुक र इन्स्टाग्रामको प्रयोग गर्ने गर्छन् । तर याे वर्ष धेरैपटक डेटा स्क्यान्डलमा फसिरहेका छन् । याे वर्षकाे सुरूमा आएको क्याम्ब्रिज एनालाइटिका र २०१८ अक्टोबरमा भएको ह्याकले ३ करोड मानिसलाई असर पारेपछि मानिसहरु आफ्नो गोपनीयतालाई लिएर त्रसित छन् ।

आफ्नो फोटोलाई संवेदनशील व्यक्तिगत डेटा मान्नेहरु त अझ यस्ता साइटमा फोटो अपलोड गर्न पनि डराउँछन् । 

फाेटाे शेयरिङका अन्य माध्यम पनि छन् । यो लेखमा हामीले आईक्लाउडबाट फोटो शेयर गर्दा हुने सुरक्षाका बारे जानकारी लेख्दै छौं ।

तपाईंसँग आईफोन छ भने धेरै हदसम्म सुरक्षाकाे जाेखिमबाट मुक्त हुन सक्नुहुन्छ । फेसबुक इन्स्टाग्रामको सट्टा तपाईंले एप्पलकाे आईक्लाउडबाट आफ्नो साथीभाइ तथा परिवारहरुसँग फोटो शेयर गर्नसक्नुहुन्छ ।

एप्पल डिभाइसको लागि मात्र काम गर्ने ब्युल्ट इन क्लाउडले वेबमा भने एप्पल बाहेकका डिभाइसका लागि पनि काम गर्दछ । 

आईक्लाउड प्रयोग गर्नुको सबैभन्दा ठूलो फाइदा भनेको यो सुरक्षित र गोप्य छ । प्रयोगकर्ताले आफ्नो फोटो क-कसलाई देखाउने हो, ती व्यक्तिहरु चयन गर्न सक्छन् ।

साथै एप्पलले प्रयोगकर्ताकाे फोटो प्रयोग गर्ने, थप जानकारीका लागि स्क्यान गर्ने तथा एडहरुको निशाना बनाउने जस्ता काम गर्दैन ।

सुरक्षा र गोपनीयताप्रति समर्पित एप्पलको याे वेब पेज हेर्नुहाेस् ।

यसबाट पनि प्रयोगकर्ताहरुले एप्पलबाट आफ्नो डेटाको सुनश्चिततालाई बुझ्न सक्छन् । एप्पलले तपाईंकाे फोटो तथा व्यक्तिगत विवरण कुनै थर्ड पार्टीलाई बिक्री गर्दैन ।

साथै यसले कुनै लग ईन तथा ट्रान्जेक्सन डेटा पनि पूर्णरुपमा इन्क्रिप्ट गर्दछ । 

फेसबुकमा तपाईंको फोटो अनावश्यक व्यक्तिले पनि देखिरहेका हुन्छन् भने आईक्लाउडमा तपाईंले व्यक्ति चयन गर्न सक्नुहुन्छ, जसले तपाईंको फोटोलाई सम्मान गर्दछन् । 

तपाईंको फोटो पोस्ट हेर्ने व्यक्तिसँग एप्पल डिभाइस छैन भने पनि उनीहरु एप्पल आईडी मार्फत आइक्लाउड डटकम भिजिट गरी फोटो हेर्न तथा कमेन्ट गर्न सक्छन् ।

 आईक्लाउडबाट फोटो एल्बम कसरी शेयर गर्ने ?

कुनै पनि एप्पल डिभाइसलाई लिनुहोस् र त्यसलाई आईक्लाउड र तपाईंको एप्पल आईडीसँग कनेक्ट गर्नुहोस् ।

अब आफ्नो फोटोज एप खोल्नुहोस् । त्यसबाट केही फोटो चयन गर्नुहोस् र दायाँमा रहेको शेयर बटन क्लिक गर्नुहोस् । 

तपाईंले सबैभन्दा पहिले देख्ने अप्सनमा एप्पल फोटो एपको आइकन हुन्छ । तर यसलाई ‘शेयर एल्बम’ भनिन्छ । अब आफूले सेलेक्ट गरेका फोटोहरुलाई शेयर गर्न क्लिक गर्नुहोस् ।

तपाईंले यी फोटोहरुको नयाँ एल्बम पनि बनाउन सक्नुहुन्छ । वा आफूले अगाडि नै बनाएको एल्बमलाई पनि सेलेक्ट गर्नसक्नुहुन्छ ।

तपाईंले कमेन्ट पनि एड वा पोस्ट मात्र पनि क्लिक गर्न सक्नुहुन्छ । यसरी तपाईंले आईक्लाउडमा फोटो शेयर गर्न सक्नुहुन्छ । 

आईक्लाउडको सबैभन्दा राम्रो कुरा भनेको तपाईंले यसमा आफ्नो फोटो देखाउन चाहेको मानिसहरुलाई आफैं चयन गर्न सक्नुहुन्छ भने तपाईंको एल्मबमा समेत अरुले फोटो योगदान गर्न सक्छन् । 

यसका लागि आफ्नो शेयर एल्मबमा जानुहोस् । त्यहाँ तपाईंले दुई अप्सन सहित टोगल बटन देख्नु हुनेछ । जसमा एउटामा पिपल र अर्कोमा फोटो लेखिएको हुन्छ ।

पिपल क्लिक गरेको खण्डमा तपाईंले इन्भाइट गर्न चााहेको मानिसहरुको सूची त्यहाँ देखिनेछ । यसका लागि तपाईंलाई उनीहरुको ईमेल एड्रेस र फोन नम्बर चाहिन्छ ।

यसबाहेक तपाईंले अरुलाई आफ्नो एल्बममा फोटो तथा भिडियो पोस्ट गर्ने अधिकार पनि दिन सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०