काठमाडौं । आज राति गुगलले आफ्नो नयाँ स्मार्टफोन पिक्सेल फाइभ सार्वजनिक गर्दैछ । यो फोनको भर्चुअल इभेन्ट तपाईंले लाइभ रुपमा हेर्न सक्नुहुनेछ ।
नेपाली समय अनुसार गुगलको भर्चुअल इभेन्ट राती ११ः४३ मा सुरु हुनेछ । आजको इभेन्टमार्फत गुगलले एकभन्दा बढी डिभाइस सार्वजनिक गर्न सक्ने हल्लाहरु आइरहेका छन् ।
पिक्सेल फाइभका अलावा नयाँ क्रोमकास्टसँगै कनेक्टेड स्पिकरका लागि केही नयाँ अपडेटहरु समेत आउन सक्नेछन् । गुगल होम र गुगल होम म्याक्समा लामो समयदेखि अपडेट आएको छैन ।
यहाँ तपाईंले युट्युवमार्फत गुगलको भर्चुअल इभेन्ट लाइभ हेर्न सक्नुहुनेछ ।
उक्त अपडेट यी डिभाइस लक्षित हुन सक्ने आँकलन गरिएको छ । गुगलले फाइभजी डिभाइस सार्वजनिक गर्ने विषयमा यस अघि नै आफ्नो इच्छा व्यक्त गरिसकेको छ ।
त्यसैले तपाईंले आजको इभेन्टमार्फत पिक्सेल फाइभको फाइभजी भेरियन्टको अपेक्षा गर्न सक्नुहुन्छ । तर कम्पनीले शक्तिशाली चिपसेट भने यसमा प्रयोग नगर्न सक्छ ।