close

प्रदेश १ मा स्टिम सिकाइ चौतारी आयोजना हुँदै, अनलाइनबाटै यसरी बन्नुहोस् सहभागी

टेकपाना टेकपाना

असोज १५, २०७७ २०:१३

प्रदेश १ मा स्टिम सिकाइ चौतारी आयोजना हुँदै, अनलाइनबाटै यसरी बन्नुहोस् सहभागी

काठमाडौं । वैज्ञानिक शिक्षा सम्बन्धि संस्थाको रुपमा रहेको कारखानाले प्रदेश नम्बर १ मा स्टेम सिकाई चौंतारी आयोजना गर्ने भएको छ । विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला र गणित (स्टिम) मार्फत शैक्षिक, पेशागत र व्यावसायिक क्षेत्रमा परिवर्तन ल्याउने उद्देश्यका साथ यस्तो कार्यक्रम गर्न लागिएको हो । 

असोज १७ गते आयोजना हुने उक्त स्टिम सिकाई चौंतारीमा २० भन्दा धेरै विषयमा एक एक घण्टा लामा सिकाई शत्रहरु सञ्चालन हुने कारखानाका संस्थापक पवित्रबहादुर गौतमले जानकारी दिए । उक्त सेसनहरुमा स्टिमभित्रका विभिन्न नयाँ विषय र यससँग सम्बन्धित विविध विषयमा युवा, विद्यार्थी, पेशाकर्मी तथा व्यवसायीहरुको सम्बन्धलाई विज्ञहरुबाट सम्बोधन गरिनेछ ।  

उक्त सेसन बिहान ९ देखि साँझ ७ बजेसम्म सञ्चालन हुनेछ । जुमबाट आयोजना हुने उक्त सेसनको फेबसुक लाइभ समेत हुने कारखानाले बताएको छ । सेसनमा सहभागी हुन चाहनेहरुले आफ्नो इच्छा अनुसारको विषयको सेसन चयन गरी सहभागी बन्न सक्नेछन् ।

यसका लागि इच्छुकहरुले यहाँ क्लिक गरी फारम भरेर पठाउनु पर्नेछ । स्टिम एउटा यस्तो अवधारणा  हो, जसले विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला, डिजाइन र गणितलाई छुट्टै रुपमा नहेरी एउटा सिङ्गो ढिक्काको रुपमा हेर्ने गर्दछ । यो कुनै नयाँ विषय नभइ, नयाँ सोच मात्र हो । 

यो पद्दतीले शिक्षा, पेशा अनि व्यवसायमा निकै सकारात्मक परिवर्तन ल्याउन सक्छ । यो पद्दत्तिले २१औँ शताब्दिमा आवश्यक पर्ने जनशक्ती, नवीनतम् पेशाहरुको लागी आवश्यक वातावरण र नयाँं सोचमा आधारित सामाजिक व्यवसाय विकासमा टेवा पुर्‍याउँदै आएको छ । 

स्टिम सिकाइ चौतारिका लागि करीब १५ वटा विभिन्न संघसंस्थाहरुसँग सहकार्य गरिएको छ । जसमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, राष्ट्रिय युवा परिषद्, एसटीएएन, नास्ट र प्याब्सन रहेका छन् ।

यसैगरी प्याब्सन, भ्यू फाइन्डर, डब्लूएलसी, डब्लूएलआईटी, उद्देश्य, गर्ल्स इन स्टिम, टेक जर्नोज फोरम, टुटल, उपाय र सिटी कार्गोले यसमा साथ दिएका छन् । सँगसँगै हेल्मेट्स, रोबोटिक्स एसोसियसन, एनवाईईएफ, किङ्स कलेज, द ट्रेकिङ स्टुडियो समेत यसमा सहभागी रहेका छन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०