close

नयाँ स्मार्टफोन किन्ने विचारमा हुनुहुन्छ ? ध्यान दिनुहोस् यी कुरा

टेकपाना टेकपाना

असोज १८, २०७७ २०:३४

नयाँ स्मार्टफोन किन्ने विचारमा हुनुहुन्छ ? ध्यान दिनुहोस् यी कुरा

काठमाडौं । नयाँ स्मार्टफोन खरिद गर्दा पक्कै पनि एक किसिमको रोमाञ्चक अनुभव त हुन्छ नै । हात परेपछि सबैभन्दा धेरै प्रयोग गरिने डिभाइस पनि त्यही बन्छ । यस्तोमा बिना कुनै सोच समझ नयाँ स्मार्टफोन खरिद गर्नु सही तरिका होइन ।

फोनको डिस्प्लेदेखि क्यामेरा अनि ब्याट्रीसम्म सबै रुपमा स्मार्टफोन मजेदार हुन जरुरी छ । फरक फरक प्राइस सेग्मेन्टमा पर्फरमेन्स र प्रोसेसर पनि त्यस्तै किसिमको हुन्छ ।

तर सामान्यता खरिदकर्ताले फोन खरिद गर्दा केही न केही गल्ती गरेकै हुन्छन् । त्यसो त स्मार्टफोन बजार तीव्र रुपमा बदलिँदो छ ।

यस्तो अवस्थामा बिना योजना र अनुसन्धान स्मार्टफोन खरिद गर्नु एक हिसावले नोक्सानीको विषय बन्न समेत पुग्छ । एक पटक अनुपयुक्त स्मार्टफोन खरिद गर्दा त्यसले पछिसम्म पछुतो लाग्न सक्छ ।

त्यसैले आज हामी केही यस्ता विषयहरुको विषयमा बताउँदै छौं, जसले तपाईंलाई पछि गएर पछुताउने अवस्था आउन दिने छैन ।

धेरै खर्च गर्दा विचार पुर्‍याउनुहोस्

विशेष फिचर युक्त स्मार्टफोन खरिद गर्नका लागि पैसा पनि धेरै खर्च गर्नुपर्छ भन्ने जरुरी छैन । जुन अनुभव प्रयोगकर्तालाई प्रमियम डिभाइसमा प्राप्त हुन्छ, मिड रेञ्ज सेग्मेन्टमा पनि त्यही स्तरको फिचर भएको स्मार्टफोन पाउन नसकिने भन्ने हुँदैन । त्यसैले स्मार्टफोन खरिद गर्दा लागतमा भन्दा आफ्नो आवश्यकतामा बढी ध्यान दिनुहोस् ।

कुन मोडल छान्ने ?

त्यसो त धेरैजसो प्रयोगकर्ताहरु पछिल्लो मोडलको स्मार्टफोन नै खरिद गर्न चाहिरहेका हुन्छन् । यसो गर्नुलाई नराम्रो मान्न त सकिन्न ।

तर हरेक नयाँ डिभाइसहरु केही समयको अन्तरालमै काफी रुपमा सस्तो मूल्यमा आउन थाल्छन् । डिभाइसका पार्टस समयसँगै सस्तो हुँदै जान्छन् ।

जसले गर्दा मूल्य सस्तो मात्रै होइन सँगसँगै आकर्षक अफर पनि प्राप्त गर्न सकिन्छ । एक वर्ष अघि सार्वजनिक भएको फोन खरिद गर्नु कुनै नराम्रो निर्णय होइन ।

मूल्यको तुलना गर्नुहोस्

तपाईं जुनसकुै स्मार्टफोन खरिद गर्नुहोस्, त्यसको मूल्य अनलाइन अर्थात ईकमर्स तथा अफलाइन बजारमा तुलना गर्न नछुटाउनुहोस् । एउटै मोबाइल फरक फरक शपिङ साइटमा फरक मूल्य र डिस्काउन्टमा उपलब्ध हुनसक्छ ।

कस्तो ब्राण्ड रोज्ने ?

स्मार्टफोनको कुरा आउँदा सुरुमा दिमागमा एप्पल र सामसङ जस्ता ब्राण्डकै नाम दिमागमा आउँछ । तर यिनै ब्राण्डका फोन मात्र खरिद गर्नुपर्ने कुनै जरुरी छैन ।

अन्य कम्पनीले समेत कम मूल्यमा शक्तिशाली फिचर भएका स्मार्टफोन ल्याइरहेका हुन्छन् । यस्तोमा कुनै पनि विश्वसनीय ब्राण्ड तपाईंले रोज्न सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०