close

आईएमई पेको डाउनलोड १० लाख पुरा, गिभ अवेमा वानप्लस नोर्ड

टेकपाना टेकपाना

असोज १९, २०७७ ९:२६

आईएमई पेको डाउनलोड १० लाख पुरा, गिभ अवेमा वानप्लस नोर्ड

काठमाडौं । मोबाइल भुक्तानी सेवा प्रदायक कम्पनी आईएमई पेको मोबाइल एपको डाउनलोड संख्या १० लाख नाघेको छ । यससँगै कम्पनी नेपाली मोबाइल वालेटमा १० लाख डाउनलोडको आँकडा पार गर्ने तेस्रो सेवा प्रदायक बनेको छ ।

ईसेवा र खल्तीले यस अघि नै यो रेकर्ड बनाइसकेका छन् । आईएमई पे आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडको प्रडक्ट हो ।  

कम्पनीले कयौं प्रयोगकर्ताको जीवनको हिस्सा बन्न पाउनु आफ्ना लागि गर्वको विषय भएको बताएको छ । एप डाउनलोड गरेर आफैँ तथा एजेण्टको सहयोगमा आइएमई पेबाट ३० लाखभन्दा बढी सेवाग्राहीहरू लाभान्वित हुँदै आएको कम्पनीले जनाएको छ।

यसै अवसरमा आईएमई पेले एक जना भाग्यशाली प्रयोगकर्तालाई वान प्लस नोर्ड स्मार्टफोन गिभअवे दिँदैछ । आईएमई पेको  वालेटबाट आइतबारदेखि आउँदो २९ असोजको बीचमा मोबाइल नम्बरमा टपअप गर्ने प्रयोगकर्ता यो गिभ अवेका लागि स्वतः योग्य हुनेछन् ।

लक्की ड्रबाट कात्तिक दुई गते विजेता छनौट गरिने कम्पनीले जनाएको छ । जसको घोषणा आईएमई पेको फेसबुक पेज र इन्स्टाग्रामबाट हुनेछ ।

विद्युतीय कारोबारलाई प्राथमिकता दिने सरकारी नीति अनुरूप कम्पनीले आफ्नो सेवालाई थप प्रभावकारी र सेवाग्राहीमैत्री बनाउँदै लगेको छ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०